आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |
Showing posts with label धर्म संस्कृति. Show all posts
Showing posts with label धर्म संस्कृति. Show all posts

हरितालीका तीज ब्रत कथा

हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरुलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरुलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरु सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पुजा लगाई ब्राम्हण ब्राम्हणीहरुलाई दान दक्षिणा गर्ने चलन रहेको छ । पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ । 

यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो ।

हे गौरी पर्वतराज हिमालयको गंगातटमा तिमिले आफ्नो वाल्य अवस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधीमा तिमिले कुनै अन्नपानी नखाइ केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरु चबाइ दिनहरु काटेकी थियौ ।

Read more...

पवित्र ग्रन्थ गीतामा के लेखिएको छ ?

गीता–सार
व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमा डराउँछौ ? तिमिलाई कसले मार्न सक्छ र ? आत्मा न त पैदा हुन्छ न मर्छ नै ।

जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चाताप नगर । भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।

तिम्रो के गयो र त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ग¥यौ जुन नाश भयो ? न त तिमिले केही लिएर आएका थियौै न लाने नै छौ । जे लियौ यहीँबाट लियौ । जे दियौ यहीँ दियौ । जे लियौ उहाँ (भगवान) बाट लियौ र जे दियौ उहाँ (भगवान)लाई नै दियौ ।

खालि हात आयौ र खालि हात नै जानेछौ । जे आज तिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैको हुनेछ । तिमि यसलाई आफ्नै सम्झेर मग्न र मख्ख भईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो ।

परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही त जीवन हो । एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ । मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो र तिमी सबैका हौ ।

न त यो शरीर तिम्रो हो न तिमि यो शरीरका हौ । यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमा मिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमि को हौ ?

तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले यो सहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ ।

तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ ।




Read more...

हामीले भुल्दै गएका संस्कार र संस्कृतिहरु



हिन्दू धर्मका संस्कारहरु
हिन्दू धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए । धार्मिक मात्र नभएर वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरु हाम्रो जीवनमा महत्वपूर्ण छन् । हिन्दू संस्कृतिको महानतामा यी संस्कारहरुको महत्वपूर्ण योगदान रहेको छ । प्राचिनकालमा हाम्रा प्रत्येक कार्यहरु संस्कारबाट आरम्भ हुने गर्दथे । उक्त समयमा संस्कारका संख्या पनि लगभग चालिस थिए । समयको बद्लिँदो परिस्थितिसँगै मानिसहरुमा व्यस्तता बढ्दै गयो जसले गर्दा हाम्रा केही संस्कारहरु स्वतः विलुप्त भए । यसप्रकार समय अनुसार संसोधित भएर संस्कारहरुको संख्या निर्धारण भए । गौतम स्मृतिमा चालिस प्रकारका संस्कारहरुको उल्लेख भएको पाइन्छ । महर्षी अंगिराले यिनको अन्तर्भाव पच्चिस संस्कारमा गर्नुभएको छ त्यस्तै व्यास स्मृतिमा सोह्र संस्कारको वर्णन गरीएको छ ।

हाम्रो धर्मशास्त्रमा पनि मुख्यरुपमा सोह्र संस्कारकै व्याख्या गरिएको छ । हिन्दू धर्ममा सबैभन्दा पहिलो गर्भाधान संस्कार र मृत्युपरान्त अन्त्येष्टि अन्तिम संस्कार हो । गर्भाधानपछि पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण आदी संस्कार नवजात शिशुको यस दैवी जगत्सँग सम्बन्ध स्थापनाका लागि गरीन्छ । नामांकरण संस्कारपछि चूडाकर्म संस्कार र यज्ञोपवीत संस्कार हुन्छ अनि त्यसपछि विवाह संस्कार गरीन्छ । विवाह संस्कार गृहस्थ जीवनको सर्वाधिक महत्वपूर्ण संस्कार हो । विवाहलाई हिन्दूधर्ममा स्त्री र पूरुष दुवैको लागि सवैभन्दा महत्वपूर्ण संस्कारको रुपमा लिईएको छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ । विभिन्न धार्मिक ग्रन्थ अनुसार संस्कारहरुको क्रम पनि भिन्न भिन्नरुपमा देखाइएको छ तर प्रचलित संस्कारका क्रमहरु यसप्रकार रहेका छन् ः गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार पनि भनिन्छ यिनीहरुमा पहिला तीन संस्कारहरु गर्भाधान, पुंसवन र सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई वहिर्गर्भ संस्कार भनिन्छ र गर्भ संस्कारलाई दोष मार्र्जन अथवा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार भनिन्छ । गुणाधान संस्कार दोषमार्जन गरिसकेपछि मानिसमा सप्तगुणको अभिवृद्धिकालागि गरिने संस्कार हो । हाम्रा पूर्वज तथा ऋषिमुनिहरुले हामीलाई सुसंस्कृत तथा समाजिक र नैतिकवान बनाउनका लागी अथक प्रयास तथा सोधको परिणाम स्वरुप यी संस्कारहरुको स्थापना गरेका थिए । यस्तै विविध संस्कारहरुका कारण हिन्दू धर्म र संस्कृति अद्धितीय छ । अहिलेको प्रविधिको चरम् विकास तथा मानिसहरुको व्यस्तताका कारण सनातन धर्मावलम्बीहरु अब यी संस्कारका मुल्यमान्यताहरुलाई भुल्दै गइरहेको पाइन्छ । यसैको फलस्वरुप मानिसहरुको चारित्रिक गिरावट, संवेदनहीनता, असामाजिकता, हिंसा र गुरुहरुको अवज्ञा, अनुशासनहीनता इत्यादी कुराहरुले हाम्रो समाजमा प्रश्रय पाइरहेका छन् । धेरै मानिसहरु आफ्नो कर्तव्यपथबाट विमुख भई निकृष्ट कृयाकलापतर्फ लागेको देखिन्छ । हो, समय अनुसार परिवर्तित हुनु आवश्यक छ तर हाम्रा ऋषिमुनीहरुद्वारा स्थापित मूलभूत सिद्धान्तहरुलाई नकार्न कहिलेपनि श्रेयष्कर हुँदैन । आदिकालदेखि चलिआएको परम्परा र मान्यतालाई पक्कै पनि कुल्चनु हुन्न । यी सबै संस्कारहरु सत्यता र वैज्ञानिक आधारले प्रमाण्ति छन् । अहिले पूर्वीय धर्मदर्शनलाई अध्ययन गरी पश्चिमी मुलुकका धेरै मानिसहरु यो धर्मसंस्कारलाई अंगाली रहेको तथ्य हामीसामू छर्लङ्ग छ तर हामी भने दैनिक टाढा–टाढा भईरहेका छौ । हाम्रा महान र मौलिक संस्कारहरुको परिचय निम्नानुसार रहेको छ ।

Read more...

किरात पुमा राइहरुको धर्म, संस्कृति र चाल-चलन






१: किरात पुमा राई परिचय सार:
नेपालको पूर्वीपहाडी खोटाङ जिल्लाको दक्षिण भेगका चिसापानी दिब्लुङ मौवाबोटे पौवासेरा देविस्थान गा।वि।स। लगायत त्यस आसपासका गाउँहरुमा मुख्य बसोबास रहेका किरात पुमा राईहरुको आफ्नै पृथक भाषा संस्कार संस्कृति तथा अस्तित्व रहेको छ । किरात मुन्दुमअनुसार 'सुम्निमा-पारुहाङको सृष्टिकालमा सुम्निमा-पारुहाङको कोखबाट बाघ भालु र मान्छेको जन्म भयो । त्यस जन्मलाई सुम्निमाले पुमा सॄष्टि भनिन् । कालान्तरमा त्यहीं पुमाहरुको साखासन्तानलाई पुमा सृष्टि भन्दाभन्दै थर नै पुमा भएको हो ।२०५८ सालको नेपाल सरकारको तर्फबाट गरिएको जनसंखया गणना र मातृभाषा बोल्नेको संख्या जेजति तथ्यांकमा भए तापनि पुमा राईहरुको वास्तविक जनसंख्या दस हजारभन्दा माथि रहेको छ र छ हजारभन्दा बढीले आपुनो भाषा बोल्ने गर्छन् । त्यस भाषालाई रोकुङला÷रोकोङला भनिन्छ । यस जातिका महिला सामेतलाई नाम्घुङमा र पुरुष सामेतलाई नाम्घुङपा भनिन्छ । यसरी पुमा खोलामा बस्ने किरात पुमा राईहरुको दुई दाजुभाइ दिब्लुङ र पालुनको गरी मुख्य १४ पाछा रहेका छन् जुन यसप्रकारका छन्:

Read more...

किरात पुमा राइहरुको इतिहास






किरात राज्यको पतन भएपछि किरात मोङ तेन हाल काठमाडौं उपत्यकाको किरातीहरु कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिणतिर लाग्ो । तर किरातीहरुको किरात मोङलुङ किरातेश्वर शिला भने भविष्यमा पनि किरातीहरुले किरात मोङ् तेनमा पुनः राज्य साचालन गर्ने कुरा थाहा पाएपछि यही किरात मोङ तेनमा नै किरात मोङलुङ भएर बस्यो । त्यो कुरा त्यहाँको शासकहरुले राम्ररी थाहा पाएपछि त्यो किरात मोङलुङलाई किरात मोङ तेनका शासकको आदेशअनुसार चारैपट्टि ठूलो पर्खालको घेरा-बार लगाएर कडा सुरक्षा दिएर त्यस किरात मोङलुङको शक्ति पतन गराउनको लागि गैर किरातीहरुले बाख्रा काटेर त्यसको रगतको भोग िदंदै लपटपट गराउँदै राखियो । त्यहाँ किरातीहरुलाई पस्न पनि बन्देज लगाइयो । त्यो कुरा माझ किरातको एक ङापोङ किरातीले जोखानामा थाहा पायो । त्यो कुरा माझकिरातको किरातीहरुलाई ङापोङले बतायो । त्यसपछि माझ किरातको किरातीहरुले आपुनो किरात मोङलुङलाई पनि आपुनै भूमि माझ किरातमा नै लानको लागि धेरै प्रयत्न गर्यो ।

Read more...

हिन्दु धर्ममा कति प्रकारका बिबाह हुन्छन ?


हिन्दु धर्ममा विवाह :-
हिन्दु धर्ममा विवाहलाई सोह्र संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार मानिन्छ । वि–वाह अर्थात् यसको शाब्दिक अर्थ विषेश रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । पाणिग्रहण संस्कारलाई सामान्य रुपमा हिन्दु विवाह भनिन्छ । अन्य धर्ममा विवाह भनेको पति र पत्निका वीचमा एक किसिमको करार हुने गर्छ जसलाई विषेश परिस्थितिमा तोड्न पनि सकिन्छ तर हिन्दु विवाह पति र पत्नि वीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनैपनि अवस्थामा तोड्न सकिन्न । अग्निको सातफेरा लिएर ध्रुवतारालाई साक्षी राखी दुई तन–मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु धर्ममा पति पत्निका वीच शारिरीक सम्बन्धभन्दा आत्मिक सम्बन्धलाई मान्यता दिईन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ । 

हिन्दु मान्यताका अनुसार मानव जीवनका चार आश्रम बम्हचर्य आश्रम, गृहस्थ आश्रम, सन्यास आश्रम तथा वानप्रस्थ आश्रममा विभाजन गरिएको छ र गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक छ । हिन्दु विवाहमा शारिरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यकालागि मात्र हुन्छ । हिन्दु धर्ममा निम्नप्रकारका विवाहहरुको उल्लेख गरिएको छ । 

Read more...

कति संस्कारयुक्त छ हिन्दु धर्म


हिन्दुका १६ संस्कारहरु 



अन्तर्गर्भ/ दोष मार्जन
गर्भाधान संस्कार , पुंसवन संस्कार , सीमन्तोन्नयन संस्कार


बहिर्गर्भ/ गुणाधान
जातकर्म संस्कार , नामकरण संस्कार , निष्क्रमण संस्कार , अन्नप्राशन संस्कार , मुंडन /चू्ड़ाकर्म , विद्यारंभ संस्कार


जन्म पश्चात
कर्णवेधन संस्कार, उपनयन संस्कार, वेदारंभ संस्कार , केशांत संस्कार


अन्य
 सम्वर्तन संस्कार , विवाह संस्कार , अन्त्येष्टि संस्कार, श्राद्ध संस्कार






Read more...

कति बिशाल छ हिन्दु धर्म


हिन्दू धर्म


यति बिशाल धर्मंलाई अध्ययन गरेर ब्याख्या गर्नुको साटो जनै र चन्दनको आड्मा एकलौती ब्याख्या गर्नाले यो धर्मप्रती धेरैको 
मोहभंग भएको छ अनी यो धर्मं त्यही जनै , कछाड, चन्दन लगौनेहरुको मात्रै हो भनेर बुझने गरिन्छ "के यो भ्रम हैन र " ? 


Read more...
 

©2009 समावर्तन | Template Setting by Samawartan