आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

किरात पुमा राइहरुको धर्म, संस्कृति र चाल-चलन






१: किरात पुमा राई परिचय सार:
नेपालको पूर्वीपहाडी खोटाङ जिल्लाको दक्षिण भेगका चिसापानी दिब्लुङ मौवाबोटे पौवासेरा देविस्थान गा।वि।स। लगायत त्यस आसपासका गाउँहरुमा मुख्य बसोबास रहेका किरात पुमा राईहरुको आफ्नै पृथक भाषा संस्कार संस्कृति तथा अस्तित्व रहेको छ । किरात मुन्दुमअनुसार 'सुम्निमा-पारुहाङको सृष्टिकालमा सुम्निमा-पारुहाङको कोखबाट बाघ भालु र मान्छेको जन्म भयो । त्यस जन्मलाई सुम्निमाले पुमा सॄष्टि भनिन् । कालान्तरमा त्यहीं पुमाहरुको साखासन्तानलाई पुमा सृष्टि भन्दाभन्दै थर नै पुमा भएको हो ।२०५८ सालको नेपाल सरकारको तर्फबाट गरिएको जनसंखया गणना र मातृभाषा बोल्नेको संख्या जेजति तथ्यांकमा भए तापनि पुमा राईहरुको वास्तविक जनसंख्या दस हजारभन्दा माथि रहेको छ र छ हजारभन्दा बढीले आपुनो भाषा बोल्ने गर्छन् । त्यस भाषालाई रोकुङला÷रोकोङला भनिन्छ । यस जातिका महिला सामेतलाई नाम्घुङमा र पुरुष सामेतलाई नाम्घुङपा भनिन्छ । यसरी पुमा खोलामा बस्ने किरात पुमा राईहरुको दुई दाजुभाइ दिब्लुङ र पालुनको गरी मुख्य १४ पाछा रहेका छन् जुन यसप्रकारका छन्:

१ थुम्राहोङ २ योङडोहोङ ३ होङटाङखा ४ दुमालुङ÷दुम्माईलुङ ५ लिम्माछित ६ गाराजा ७ हादीरा ८ मिथाहोङ ९ तोङमालुङ १० मेत्लङयङ ११ वाविहोङ १२ खावोङ १३ रिरीहोङ १४ हेनयोङछा ।

२: किरात पुमा राईको संस्कृति परिचय:
पुर्खा भूमि र प्रकृतिको पुजकले परिचित किरातहरुको मुख्य विशेषता नै पुर्खा भूमि र प्रकृतिको पूजा गर्नु हो । फागु÷साकेन्वा÷साकेवा÷साकेला आदिलाई महान चाडको रुपमा मानिने यो पूजा दोङवाङा उभौली र दोङदापा उधौली गरी वर्षमा दुईपल्ट गर्ने गरिन्छ । किरात मुन्दुमअनुसार किरातहरुले सृष्टिकालदेखि नै यो चाड मान्दै आएका हुन् । दोलखाका आदिम किरात राजा बुढाहोङको पालामा साकेन्वालुङ लगायत आफ्ना राज्यका वरिपरि बाख्राको मासु खाएर भीमसेनले लटपट गर्न थालेपछि बुढाहोङले त्यस फागुलुङ÷साकेन्वालुङलाई लिएर अरुण नदीको आसपास किरात प्रदेशमा आएर बस्यो । त्यसरी साकेन्वालुङलाई बोकेर आउँदा जहाँ जहाँ साकेन्वालुङलाई विसाएको थियो त्यहीँ त्यहीँ ठाउँमा फागुलुङ÷साकेन्वालुङ गाडी प्रकृतिदेवलाई पूजा गर्ने क्रममा पुमा खोलाका किरात पुमा पुर्खाहरुले खोटाङ जिल्लाको दक्षिणी भेक चिसापानीमा फागुलुङ÷साकेन्वालुङ स्थापना गरी दोङवाङा÷दोङदापामा पूजा गर्न थाले । त्यस दोङवाङा÷दोङदापा पूजा गर्नका लागि सेतो हात्तीमा चढेर बुढाहोङ आई त्यस फागुलुङ÷साकेन्वालुङलाई थोक्दाउथ्यो । तर बुढाहोङको मृत्युपछि त्यस लुङ थोक्दाउने चोखो पानी अर्चाउने मुन्दुम ङापोङले सपनामा नपाएर त्यस फागु÷साकेवालुङलाई धेरै वर्षसम्म नथोक्दाए पनि दोङवाङा दोङदापामा बुढाहोङको त्यो सेतो हात्ती आई त्यसलुङको हेरचाह गथ्र्यो । तर धेरै वर्षसम्म फागुलुङ÷साकेन्वालुङलाई त्यसरी नथोक्दाएपछि सदा झैं दोङवाङा÷दोङदापामा आफै आएर हेरचाह गर्ने सेतो हात्तीले त्यस लुङलाई भाँची दिएछ । त्यसरी फागुलुङ÷साकेन्वालुङलाई सेतो हात्तीले भाँची दिएपछि पुमा खोलाको किरात पुमा पूर्खाहरु भेला भई सरसल्लाह गरी आ-आफ्नै घरमा दोङवाङा÷दोङदापा गर्न थाल्यो । र हालसम्म पनि त्यही प्रचलन कायम छ ।

३: दोङवाङा:
पुमा खोलाका किरात पुमा राईहरुको चलनअनुसार वैशाख महिनादेखि असार महिनासम्ममा गरिने सम्पूर्ण पुर्खा प्रकृति भूमि पूजालाई दोङवाङा उभौली भनिन्छ । यस दोङवाङा पूजाभित्र फागु साम्खा मंङेन गरिन्छ । त्यसमध्ये फागुलाई विशेष महत्वका साथ धुमधाम गरी मनाइन्छ र यो फागु नगरी अन्य कुनै पनि पूजा गरिँदैन गर्न हुँदैन ।
३:1: दोङवाङा फागु:
फागु वर्षको पहिलो चाड हो । यसमा ङापोङले सर्वप्रथम चराचुरुङ्गीको नाम बोलाउँदै ूल अब वर्षा लाग्यो खोलानालामा पानी चिपचिपाउन थाल्यो चराचुरुङ्गीको स्वर फेरियो बाली लगाउने बेला भयो पानी पारिदिनु बाली लाउदैछौ बालीनाली सपि्रयोस् नयाँ पालुवाहरु पलाए हावा पानी घामबाट बचाई दिनू भन्दै दाव्य अगेना ः तीनवटा चुला भएको ठाउँ भित्रको बोब्बीलुङ मूलचुला खाइतलुङ दिमाचुला र रङालुङ प्रकृति भूमिचुला लाई क्रमशः दाहिने पट्टिबाट नयाँ पालुवा मबोलाबोक्पा÷ ङाक्सीबोक्पा भर्ला÷केराको हरियो पातको खोचली दुना बनाई बटुकोमा पानी र रख्खे खाचा चोखो जाँडपानी मिसाई त्यो पानीले थोक्दाइन्छ । त्यसरी चुला थोक्दाउदा जुन घरको फागु गरिँदैछ त्यही घरको पुर्खालाई पहिला बोलाइन्छ । त्यसरी फागु गर्दा भूमिमा अन्नबाली लगाउँदा प्रयोग भएका सम्पूर्ण हाई हतियार ः तालित किरात अस्त्र खुकुरी खुर्पा बन्चरो झम्पल बन्दुक जस्ता सबै हतियारलाई रख्खे पानीले थोक्दाउदै भाँचिन्छ टेकिन्छ चोट लगाइन्छ पाप नलागोस् चित्त नदुखाउ भन्दै पूजा गरिन्छ । त्यसपछि मूल ढोकाको शिरमा मंङछामा भित्रियोस् भन्दै थोक्दाइन्छ । र चुलाभन्दा वाहिर रहेका पूर्खाहरुलाई आँगनमा फालामरोङ गोगोसा र पानी दिइन्छ । त्यसरी फागु पूजा गरिसकेपछि ङापोङ÷सिलिहोङपा÷ सिलिहोङमाको नेतॄत्वमा सिलि टिपी घरको मूली मान्छेलाई अनिवार्य रुपमा सहभागी गराई सिलि टिपिन्छ । त्यहींदेखि दोङवाङा चाड शुरु हुन्छ । सांस्कृतिक पहिचानको दृष्टिकोणले पनि अत्यन्तै आकर्षित यो चाडको मुख्य समय भनेको चाहिँ बैशाख पूर्णिमा नै हो ।
३:1:A)आवश्यक सामाग्रीहरुः
ड्डनङवा मोबोलाबोक्वा÷ ङाक्सीतोत्ला मेरीखाङ तालित रख्खे खाचा डबकामा रख्खे खाचा पानी सोलोन्वा फालामरोङ गोगोसा भूमिमा बाली लगाउँदा प्रयोग गरिने सम्पूर्ण हतियारहरु ।
३:2:दोङवाङा साम्खा:
फागु गरिसकेपछि गरिने दोस्रो चाडलाई दोङवाङा साम्खा भनिन्छ । यसमा पनि ङापोङले फागुमा जस्तै ऋतु फेरियो चराको स्वर फेर् यो बाली लगाउने बेला भयो हामी सबैलाई सुव्यफाब्य होस् भन्दै पूजा गरिन्छ । यसको मुख्य आकर्षक विन्दू भनेको वामा पोथी लाई ढाडमा दाबिलोले हिर्काएर रगत झार्नु हो । यदि रगत झरेन भने विरामी हुने मरोमारो पर्ने अशुभ हुने खडेरी हुने लगायत घाम पानीले अन्नबालीलाई बिगार्छ भन्ने जनविश्व्ाास भएकोले पुनः चोख्याउने साम्खा गरिन्छ । यस साम्खामा पनि जुन घरको दोङवाङा साम्खा गरिदैछ त्यहीं घरको पूर्खालाई पहिले बोलाउनु पर्छ ।
३:2:A) आवश्यक सामाग्रीहरु :
ड्डफैक्का चार वटा ङाक्सीतोत्ला असरा सोलोन्वा छाप्मादिदिन अक्माना चारुङ फालामरोङ गोगोसा बेछुक वामा पोथी ।
:3: दोङवाङा मङेन:
दोङवाङा मङेन तेस्रो प्रकृति पूजा हो । जुन पूजामा अन्नबालीको सह होस् घाम पानी हावाबाट बचाइदिनु भन्दै वापा भाले लाई दाबिलोले हिर्काई पुर्खा÷प्रकृति पूजा गरिन्छ । त्यसरी हिर्काउँदा रगत नझरेमा अन्नबालीको सह नहुने नफल्ने खडेरी पर्छ भन्ने जनविश्व्ाास छ । यो पूजा गर्दा पुमा खोलाको किराती राईहरुले सामेत संवोधक नाम पाएको ठाउँ लुत्छुबुलुम बुक्टोङमा मुन्दुमले ङापोङ पुग्नै पर्छ । यो पूजा गर्दा बाहिर आँगनमा प्रकृति भूमि पूर्खा सम्बन्धीका विभिन्न सिलि नाचिन्छ । साथै ढोल झ्याम्टा हुने घरको यो मंङेनको समाप्ती सँगसँगै त्यस ढोल झ्याम्टालाई एक वर्षको लागि थन्काइन्छ । यस मंङेनको मुख्य विशेषता भनेको यो पूजा गर्दा दाबिलोले मस्काएर चाखाङ खानुपर्छ साथै त्यस भालेको हड्डीखुड्डी बाहिर फाल्नु पनि हुँदैन फाल्टो जातिलाई खान दिन पनि हुँदैन र त्यसदिन कसैलाई केहीं पनि दिन हुँदैन ।
३:3:A)आवश्यक सामाग्रीहरुः
ड्डमोबोलाबोक्वा सोलोन्वा बेछुक बेरुछा डाविलो वापा । 
४:दोङदापा:
किरात पुमा राईहरुको रितअनुसार भदौ महिनादेखि फागुन महिनासम्म गरिने सम्पूर्ण पितृ प्रकृति भूमि पूजालाई दोङदापा भनिन्छ । यस दोङदापा पूजाभित्र न्वाङ्गी साम्खा लेवातुप्खा र मंङेन पर्दछ । त्यसमध्ये न्वाङगीलाई मुख्य रुपमा लिइन्छ । र न्वाङगी नगरी अरु कुनै पनि पूजा गर्न हुँदैन गरिँदैन ।
४:1: दोङदापा न्वाङगी:
दोङदापा पूजा मध्ये प्रथम र मुख्य रुपमा मानिने यस पूजामा ङापोङले पूर्खाहरुलाई बोलाउँदै ूल अब हिउँद लाग्यो खोलाको पानी सुक्न थाल्यो वर्षामा लगाएको बाली पाक्यो अन्नको सह देउ यो पाकेको बाली पहिला चढाउँदैछौ अब पाकेको बाली उठाउँदैछौं हावा पानी आगोबाट बचाइदिनू भन्दै नयाँ अदुवाको बोट नयाँ धानको बोट लगायत तयार पारिएको सम्पूर्ण नयाँ बाली चढाइन्छ । भूमिमा बाली लगाउँदा प्रयोग भएका कोदालो खुर्पा झ्यम्पल खुकुरी खुंडा बन्दुक तालितलगायत सम्पूर्ण हतियारलाई एउटा कुनामा राखी नयाँ बाली चढाइन्छ । त्यसरी पाकेको बाली चढाई सकेपछि बाँकी न्वाङगी बालीको बोटलाई मूल ढोकाको शिरमा राखिन्छ ्र नयाँ अदुवा अनिवार्य रुपमा खाई यो न्वाङगी सम्पन्न गरिन्छ । यस न्वाङ्गीको मुख्य विशेषता भनेको यो न्वाङ्गी नगरी अरु कुनै पनि पित्री भूमि प्रकृति पूजा गर्नु हुँदैन गरिँदैन ।
४:1:A)आवश्यक सामाग्रीहरु;
ड्डरख्खे खाचा गोगोसा असारा मटिया आक्का आठ वटा ङाक्सीतोत्ला अक्माना चारुङ फालामरोङ नङ्वा बेछुकप्वाँ नङ्वा चाहाक्वाप्वाँ पुरानो धानको फ्यान्कुक्वा मेरीखाङ असारा सोलोन्वा अक्ता नाङलोङ अक्ता चाल्नोङ

दोङदापा न्वाङगी गरिसकेपछि गरिने दोस्रो पर्वलाई साम्खा भनिन्छ । यसमा पनि ऋतु फेरियो हिउँद लाग्यो खोलानाला सुक्न थाल्यो वर्षामा लगाएको बाली पाक्यो न्वाङगीमा चढाइसक्यौं अब सुखशान्ति दिनू सुव्यवस्था होस् भनेर वामालाई दाविलोले हिर्काएर रगत झारिन्छ । यदि रगत नआएमा अशुभ हुन्छ मरौ मारौ हुन्छ विरामी भइन्छ भन्ने विश्वास भएकोले पुनः चोख्याउने साम्खा गरिन्छ । यसको प्रमुख विशेषता भनेको वामा मार्नुभन्दा अगाडि एकपल्ट र वामा मारिसकेपछि त्यसको हुमोङसा चढाउँदै फेरि अर्कोपल्ट गरी दुईपल्ट पुर्खाहरुको नाम बोलाउनु हो ।
४:2:A) आवश्यक सामाग्रीहरु:
ड्डफैक्का चारवटा ङाक्सीतोत्ला असारा सोलोन्वा छाप्मादिदिन अक्माना चारुङ गोगोसा बेछुक वामा । 
४:3: दोङदापा लेवा÷तुप्खु:
दोङदापा समयमा पाकेको सम्पूर्ण अन्नबाली घरमा िभœयाउँदा टेकिन्छ भाँचिन्छ काटिन्छ चोइटाइन्छ छरिन्छ । अन्नबालीको चित्त नदुखोस् सह एकै ठाउँमा रहोस् भनेर घरको टाँडको कुनामा मोङछामा राखिने ठाउँमा कोदोको बालालाई थुपारेर चल्लाले भोक दिई पूजा गरिन्छ ।
४:3:A)आवश्यक सामाग्रीहरु:
ड्डमोब्लाबोक्वा बेरुछा बेछुक सापाचाबाला रख्खे खाचा वाच्छकेलेक सोलोन्वा मेरीखाँङ ङासा ।
४:4: दोङदापा मङेन:
दोङदापा मङेन गर्दा पाकेको बालीलाई घरमा िभœयाउँदा टेकिन्छ कुल्चिन्छ छरिन्छ चोट लगाइने भएकोले मोङछामाको चित्त नदुखोस् भनी छरिएको अन्नबालीको एकै ठाउँमा सह रहोस् भन्दै वापालाई दाबिलोले ढाँडमा हिर्काएर भोग दिई मोङेन गरिन्छ । यो मङेन गरेको दिन कोदोको चाखांङ दाविलोले मस्काएर खाइन्छ । यसको मुख्य विशेषता भनेको त्यस वापाको मासुको हड्डीखुड्डी बाहिर फाल्नु हुँदैन अजात मान्छेलाई खान दिन पनि हुँदैन र त्यस दिन कसैलाई केही पनि दिनु हुँदैन ।
४:4:A) आवश्यक सामग्रीहरु:
ड्डमोबोलाबोक्वा सोलोन्वा, बेछुक, बेरुछा ,दाविलो, वापा । यसरी पुमाखोलाका किरात पुमा राईहरुले दोङवाङामा फागु साम्खा र मङेन अनि दोङदापामा न्वाङगी साम्खा लेवातुप्खु र मङेन गरी दोङवाङा र दोङदापा मनाउने चलन छ । त्यसको अलावा बुढाहोङको सेतो हात्तीले पुमाखोलाको साकेन्वालुङ÷फागुलुङ भाँचिदिएपछि सबै पुर्खाहरु भेला भई आ-आफ्नो घरमा दोङवाङा र दोङदापा मनाउँदै आएका यी पुमा राईहरुले खोटाङ जिल्लाको चिसापानी ७ पाथीभाराको शिरमा अवस्थित जन्ते ढुंगालाई बैशाखे पूर्णिमाको दिन र मंसिरे पूर्णिमाको दिन किरात पुमा राई मुन्दुमअनुसार पूजा गरी लिङ्गो फेर्ने गर्दछन् र सो दिन सो स्थानमा भव्य मेला लाग
क जन्म संस्कार:
किरात पुमा राईहरुमा विवाहित महिलाको कोखबाट लामो समयसम्म पनि सन्तान लाभ नभएमा चुलामा पूर्खापूजा गरेर सन्तानको बाटो खुलाइदेऊ भनी बर मागिन्छ । त्यसका अलावा किरात ऐतिहासिक धार्मिक स्थलहरु जन्तेढुङ्गा भानुमति बराहक्षेत्र हलेसी महादेवस्थान एवं साल्पा पोखरी गई सन्तान मागिन्छ । आमाको गर्भमा नवजात शिशु भएको बेला बच्चाको बाबुले काटमार गर्नु हुँदैन मान्छे मरेको ठाउँमा गए पनि ढुङ्गा बोक्नु हुँदैन यदि उक्त नियमलाई उल्लङ्घन गरेको खण्डमा आमाको गर्भमा नै बच्चा तुहिन्छ भन्ने जनविश्वास रहेको छ ।नवजात शिशु जन्मेपछि छोरा भए भालेले र छोरी भए पोथीले सुत्केरी आमा र बच्चालाई सुम्निदिमा बूढीबजु ले हकदाई सिर उठाई उक्त कुखुरा काटिन्छ र त्यस कुखुराको टाउको सिङ्गै पकाएर सुत्केरीलाई खान दिइन्छ ।
ख न्वारान:
किरात पुमा राईहरुको पहिलो संस्कार न्वारान हो । त्यसमा छोरा जन्मेको ६ दिनमा र छोरी जन्मेको ५ दिनमा नानीको नाम राख्ने र आमालाई सुत्केरीबाट चोख्याउने विधिलाई न्वारान भनिन्छ । न्वारानको दिन घरलाई लिपपोत गरी पधँेराबाट ल्याइएको चोखो पानी दुबो मेरीखाङ विविसिमाको जरा अम्लिसोको जरा र तीतेपातीको मुण्टोले पानी छर्कदै घर चोख्याइन्छ । त्यसपछि छोरा भए बाबुको कट्टु र छोरी भए आमाको गुन्यू थाङ्नाको भोटो सिलाइ लुगा लगाइदिने चलन छ । त्यसैगरी साइत हेराएर बुनेको नयाँ कोक्रोमा नानी सुताउनुअघि सुम्निदिमाले कोक्रोमा छोरो भए भाले र छोरी भए पोथी काटेर भोगदिने चलन छ । त्यसपछि छोरी भए खुर्मी र छोरो भए कर्द कोक्रोको काम्रोमा सिउरिइन्छ र पहिलो पटक कुचो लगाएर बोकिन्छ । त्यसपछि नानीलाई सुताई बोकिन्छ । यसको अर्थ कोक्रोले नानीलाई कुनै दुःख नदियोस् भन्ने हो । त्यसदिन छोरा भए कान र छोरी भए कान र नाक छेंडिदिने र धागो बाटेर हातमा चुरा र खुट्टामा कल्ली लगाइदिने चलन छ । त्यसै दिन बच्चाको नाम आ-आफ्नै भाषामा राखिन्छ I
ग पास्नी:
किरात पुमा राईहरुको अर्को महत्वपूर्ण संस्कार हो पास्नी । पास्नीमा बच्चालाई पहिलोपल्ट भात खुवाइन्छ । छोराको ६ महिनामा र छोरीको ५ महिनामा राम्रो बार पारेर काँसको थालमा ढक्के पैसा र चामल राखी त्यसमा दियो बालिन्छ । एउटा थालमा दही चामल टीकाको लागि राखिन्छ । अर्को थालमा भात मासु दही जाँड रक्सी बटुकोमा राखिन्छ । त्यसपछि नयाँ लुगा र दियोलाई पूजा गरिन्छ । अनि बच्चालाई सुम्निदिमाले पहिलोचोटि नयाँ कपडा दौरा लगाइदिएपछि दिप्पा-दिमा सुम्नि बाजे-सुम्नि बज्यैले खाना खुवाउनुपर्दछ । त्यसपछि आमन्त्रित सबैले आशीर्वाद दिँदै टीका लगाई दिनुको साथै मावलीहरुले अनिवार्य रुपमा चाँदीको बाँही बाला र कल्ली लगाइदिनु पर्छ ।
घ छेवरः 
किरात पुमा राईहरुको अर्को महत्वपूर्ण संस्कार छेवर हो । यस छेवरमा छोरालाई भए टोपी र छोरीलाई भए गुन्यूचोला पहिलोपटक दिइन्छ । यो नै उनीहरुको लागि महत्वपूर्ण संस्कार हो । यो संस्कार नगरी अन्य कुनै पनि संस्कार गरिँदैन । यदि यो संस्कार नगरी उनीहरुको मृत्यु भएमा ओढारमा लगेर राखिन्छ र जुठो वा दुःख पनि बारिँदैन । 
अ टोपी दिने : 
किरात पुमा राईहरुको छोरा जन्मेको पाँच वर्षदेखि माथि खोलाटोलाअनुसार बच्चाको पहिलोपटक केश खौरी नयाँ टोपी दिने संस्कार नै छेवर हो । यसमा मावली वा जेठोपाकोको हातबाट केश काट्नु पर्दछ । केश भूइँमा नझरोस् भन्नाको लागि चेलीले टपरामा थाप्नुपर्छ र उक्त केश फूलबारीमा चोखो गरी राख्नुपर्छ । त्यसदिन नयाँ सिलाएको लुगा नाङ्लोमा राखी दहीचामल दियोको साथमा पूजा गर्दै आशीर्वाद दिँदै सो नयाँ लुगा बच्चालाई लगाइदिइन्छ ।
ङ गुन्यूचोली: 
सामान्यतः छोरी जन्मेको पाँच वर्षदेखि माथि गुन्यूचोली पटुका बर्की पहिराइदिने नै गुन्यूचोली हो । यसदिन प्रथमपटक आमाबाबुले टीका लगाइदिएपछि अरुबाट टीका लगाई दक्षिणा दिने प्रचलन रहेको पाइन्छ । टीकाको सम्पूर्ण कार्यक्रम समाप्त भएपछि त्यसको अन्त्यमा मामा-मावलीको शिर उठाउने भनी सुगुरको टाउको भुटेको मासु रक्सी जाँड र अचार आदिको कोसेली राखिदिने चलन रहेको छ । यसबापत मावलीहरुबाट जो सकेको दान दक्षिणा सहित आशीर्वाद दिन्छन् । उक्त कोसेलीहरुमध्ये पिउने चिजहरु केही भाग त्यही नै खाईपिई गरी मनोराजन गरिन्छ भने केही चाँहि मावलीहरु आफैले लिएर जान्छन् । 
बिवाहको प्रकार
१ मागी विवाह
केटाको तर्फबाट स्वेच्छाले केटीको घरमा रक्सीको कोसेली लगेर केटी मगनी गर्ने परम्परालाई नै मागी विवाह भनिन्छ । यो परम्परा किरात पुमा राईहरुमा प्राचीन कालदेखि नै चलिआएको हो र अहिले पनि यो चलन कायमै छ । यस कार्यमा केटापक्षबाट दुई र केटीपक्षबाट दुई जना गरी जम्मा चार जना कलिया मध्यस्थ व्यक्ति को ठूलो भूमिका हुन्छ । यस विवाहमा जन्तीसहित केटीको घरमा बेहुला जानुपर्छ ।
२ चोरी विवाह
चोरी विवाहमा मागीमा जस्तो जन्तीसहित सबै रित गरिँदैन । तर केटीलाई राजी बनाई लाँदा चिनोको रुपमा रुमालमा केही पैसा केटाको तर्फबाट केटीलाई दिई केटाको घर लगिन्छ । त्यसपछि चोरको सोरमा केटीको घरमा मानिस पठाई तपाईहरुको छोरीचेली फलानको घरमा वा पासमा छ भनी जानकारी दिनुपर्छ । त्यसपछि केटीको घरको मर्जीबमोजिम केटाकेटी दुवैलाई बोलाई घर टेकाउने काम हुन्छ । अन्य रीतिहरु म्ाागी विवाह समान हुन्छन् । 
३ भाउजू विवाह
किरात पुमा राईहरुको दाजुको मृत्युपछि भाउजूलाई गरिने विवाहलाई भाउजू विवाह भनिन्छ । विधुई भाउजू र देवरबीचमा पनि विवाह हुने चलन थियो तर अब त्यो चलन पूर्ण समाप्त भैसकेको छ । 
४ जारी विवाह
अरुको श्रीमती विवाह गर्ने विवाह नै जारी विवाह हो । यो विवाहमा जारले पहिलेको केटोलाई जारी खत र धनमाल भएमा केटीले पाचभलाद्मी बसेको ठाउँमा फिर्ता गर्नु पर्दछ 
५. हरण विवाह
जबरजस्ती हरण गरी आफूलाई मन परेको केटी विवाह गर्ने चलनलाई नै हरण विवाह भनिन्छ । धेरै वर्षसम्म कायम भएको यस्तो विवाह हाल समाप्त भइसकेको छ । यसरी गरिएको विवाहबाट जन्मेको सन्तान टाठो बाठो हुन्छन् भन्ने धारणा छ ।
मागी विवाहका संस्कारहरु:
क केटी मगनी: 
मागी विवाहको हकमा कसैको छोरी माग्न जाँदा एकैचोटि केटीको घरमा नगै कुनै भरपर्दो मानिसलाई एक जोर वाबुक चिण्डो मा रक्सी राखी कोङ्पी लमी पक्री उसैको माध्यमबाट केटी दिने कुरा पक्का भएपछि मात्र रक्सीको कोसेली लगेर केटीको घरमा केटी माग्ने गरिन्छ । केटीको घरबाट पनि आफूले मात्र सुटुक्क केटी नदिई छरछिमेकीहरु व्ाा आफ्नो विश्वासिलो मानिस बोलाई सोधपुछ गरी अरुको राय पनि बुझ्ने काम हुन्छ । केटाको तर्फबाट कोसेली जोडी वाबुकमा रक्सी राखी दिएपछि बक्साउने फसा्रउने काम गरिन्छ । केटी दिएपछि कोसेलीलाई केटीको तर्फबाट स्वीकारी खाने पिउने काम गरिन्छ ।
ख जन्ती जाने: 
विवाहको साइतको दिन बेहुलालाई घरभित्र टीका लगाइदिई ङापोङसहित जोडी कलिया जान्नेसुन्ने पुर्खा र रीतका सामग्रीहरुसहित जन्तीहरु लिएर केटीको घरमा जन्ती गइन्छ । छोरीचेलीको माइत भए त्यो पनि खाँदै पिउँदै दक्षिणा दिँदै केटीको घरमुनी पारेर जन्ती जानुपर्छ । केटीको घर नजिक पुगेपछि दुवैपट्टिको कलिया भेट भई जोडी वाबुकमा रक्सी बेहुला पट्टिकाले राखी नमस्कार गरेपछि सम्पूर्ण बक्साउनी फसा्रउनी हुन्छ ।
ग बुलु बटुको बुझाउने:
बेहुली प्राप्त भैसकेपछि बेहुलाको घरमा भित्र्याउने साइत हेरी उक्त दिन केटा सहित बूढापाका कलियाहरु जन्तीहरु केटीको घरमा आई रीतपूर्णरुपमा कोसेली पातहरु बुझाउनु पर्दछ । यतिखेर केटाको तर्फबाट काँसको बटुकोभित्र एउटा वाबुकमा रक्सी भालेको रगत र मोहर पैसासहित बेहुली पक्षलाई बुझाउनुपर्छ । यही विधिलाई बुलु बटुको बुझाउने भनिन्छ । यसपछि केटीमाथि केटाको पूरा हक लाग्छ । स्मरण रहोस् किरात पुमा राईहरुको यो बुलु बटुको नबुझाएमा उसको कुनै पनि शाखा सन्तानको गर्नु नहुने भएकोले बुलु बटुको नबुझाएमा मृत्युपछि पनि अनिवार्य रुपमा बुझाउनै पर्छ ।
घ जन्ती पर्छाउने: 
रीत पुर् याई बक्साउनी फसा्रउनीपछि कलियाको आदेश बमोजिम बेहुलासहित जन्तीलाई पर्छाउन बेहुलीपट्टिका गाछीघर दाजुभाइ र नाताहरु आई दियो कलश दही अक्षता नाङ्लोमा राखेर कन्याचेलीहरुलाई बोकाई सात फन्को घुमाएपछि एकैचोटि जन्तीलाई दही चामलले पर्छाइन्छ । यत्ति नै खेर बाजा बजाउनेले बाजा भाका फिराई-फिराई गड्गडाएर बजाउँछ भने बन्दुकेले आलोपालो गरी पहिले बेहुलीतर्फकाले र त्यसपछि बेहुलातर्फकाले क्रमशः पडकाउने गरिन्छ ।
ङ भतेर भोज:
जन्तीहरुलाई पर्छाइसकेपछि भतेरको लागि भान्सामा लगिन्छ । बेहुलालाई विशेष खालको बरण्डी सिलाई त्यसैमा खाने कुरा राखिन्छ । सर्वप्रथम बेहुलाले खानाको लागि हात छोडेपछि मात्र अरुले पनि शुरु गर्दछन् । 
सुङ्खिम:
खानपिन भएपछि जन्तीहरु बेहुलीपट्टिको कलियाको आज्ञाबमोजिम गाछीघरको आँगनमा प्रवेश गर्दछन् । जन्तीहरु रातभर आराम गर्नको लागि छाना हालेर विशेष व्यवस्था गरिएको हुन्छ । त्यसलाई सुङ्खिम भनिन्छ । बेलुकी बेहुला बेहुली दुवैतर्फको कलिया जान्नेसुन्ने पुर्खाहरु र रीतभाँतको कोसेलीहरु भित्र हुली रीतभाँतको कार्य शुरु हुन्छ । बाहिर दमाईले नौमति बजाउन शुरु गर्दछन् । 
छ बागदत्त टीकाटालो:
बागदत्त विवाहको अर्को महत्वपूर्ण रीत हो । त्यसमा बेहुलालाई सेतो दौरा सुरुवाल पटुका फेटा कालो जुत्ता र छाता प्वाँलो वा जन्तर बेहुलीको लागि सारी पछेउरा चोला छाता सेतो पटुका सक्नेले खुट्टामा चाँदीको कल्ली हातमा चाँदीको बाँही चुरा जन्तर तिलहरी कानमा चेप्टे सुन जन्तर ढुङ्गी मुन्द्रीजस्ता गहनापातले पहिराई सिन्दुर पोते गरिन्छ । त्यसपछि केटी पक्षको आमाबाबु जिवित भएमा संयुक्त रुपमा र नभएमा अन्य संयुक्त जोडीले टीका लगाई आशीर्वाद दिनु पर्दछ । यत्ति नै खेर बेहुलापट्टिका लोकोन्दे बेहुलीपट्टिको तोकोन्दीले बर्को एकछिन खोसाखोस गर्नुपर्छ । तर च्यात्नु फ्याक्नु पाइदैन । यदि बेहुलीपट्टिकाले जितेर लग्यो भने बेहुलापट्टिकाले रितअनुसार दस्तुर आठाना चाराना तिर्नु पर्दछ । यो टीकाटालो सकिएपछि धरान-परान गरिन्छ । यो धरान-परानमा हार्ने पक्षले जरिवाना स्वरुप रक्सी र केही पैसा दण्ड तिर्नुपर्छ ।
ज जन्ती फर्काउने:
बिहान सम्पूर्ण रीतभाँत समाप्त गरेर जन्ती पठाउने बेलामा केही पर बाटोमा बासको सेउली गाडी मासुको सिल झुण्ड्याई दुईजोडी मटियामा रक्सी घइलामा जाँड र त्यसको माथि छुम्परी राखेर जन्तीको बाटो छेक्दै बेहुलीपट्टिकाहरुबाट धुमधामसँग साकेन्वा सिली नाच्छन् । जन्तीहरु पनि त्यही बाटो भएर आउँछन् । त्यहाँ बेहुलीले घरको सह नलैजावोस् भन्नाको लागि ङापोङले मुन्दुम्द्धारा झार्ने काम पनि गर्दछ । अब जन्तीहरु त्यही आई उक्त रक्सी खाएर एकछिन साकेन्वा संयुक्त रुपमा नाच्छन् । त्यसपछि जन्तीहरु नाच्दै बाटो लाग्छन् यता बेहुलीपट्टिकाहरुले चाहिँ सेउली सहित घरभित्र पसी अगेना वरिपरि नाचेपछि ङापोङले यसलाई विधिपूर्वक समाप्त गर्दछ । 

झ बेहुली भित्र्याउने: 
बेहुलाको घरमा ल्याएपछि बेहुला बेहुली र जन्तीहरुलाई जन्ती पर्छिन्छ त्यसपछि मूल दैलो छेउमा केटाले केटीको दाहिने हात समातेर आमालाई दिनुपर्छ र आमाले हात समातेर घरभित्र हुलेपछि मात्र केटीभित्र पस्दछ । केटाकेटीलाई पूर्खा चुलाको छेउमा राखेर बेहुलाले बेहुलीको सिउँदोमा सिन्दुर लगाइदिन्छ । त्यसपछि गहनापातले पहिराई जोडाजोडी हुनेले सर्वप्रथम टीका लगाइदिएपछि अरुले पनि टीका लगाइदिई आशीर्वाद दिन्छन् । यसपछि दही र रक्सी एकअर्काको जुठो मिसाएर ख्वाउने गरिन्छ । त्यसदिन केटालाई औपचारिक रुपमा श्रीमतीले केटाको खुट्टामा ढोगदिनु पर्दछ । बेहुलीलाई बेहुलाको घरमा जन्तीको साथमा ल्याइसकेपछि पुनः पर्छाई टीकाटालो लगाइ दिइन्छ । त्यसपछि भतेरमा सबैलाई भातभान्सा गराइन्छ । यहाँ पनि बेहुलाले बरण्डी फोर्नु पर्दछ । त्यसपछि विवाहको चरण समाप्त हुन्छ 
बेहुली फर्काउने:
विवाहको भोलिपल्ट बेहुला-बेहुली दुवै रोटी रक्सी सुँगुरको साप्रा रुाचे फिला कोसेलीसहित बेहुलीको घरमा फर्कनु पर्दछ । त्यो कोसेली गाजी घर कलिया र दाजुभाइले खान्छन् ।
मृत्यु संस्कार:
किरात पुमा राईहरु मरेपछि उनीहरुको चिरआत्मा चुल्हामा आउने जनविश्वास छ । तर चुल्हामा आउनको लागि पनि सहज मरण हुनु आवश्यक छ । तसर्थ किरात पुमा राईहरुको मृत्यु संस्कारहरु निम्नअनुसारको रहेको छ ः
१ सहज मृत्यु:
सामान्य अवस्थाबाट भएको मरणलाई समानपूर्ण ढंगबाट संस्कार गरिन्छ । मरेको लाशलाई घरबाहिर निकाली शवको निधारमा ढ्याके पैसा राखेर रख्य खाचा चोखो जाँडपानी छर्किन्छन् । दाजुभाइ नरनाता सबै भेला भई विधिपूर्वक घरको नजिकमा गाडिन्छ ।
२ असहज मृत्यु: 
घाउखटिरा आएर सुन्निएर विष खाएर झुण्डिएर सुत्केरी भएर इत्यादि कारणहरुबाट मरेमा त्यसलाई असहज मृत्यु मानिन्छ । यसरी मरेको मान्छेलाई चुला÷पूर्खामा बोलाउन हुँदैन । यदि छेवर र गुन्यूचोलो नदिएका बच्चाहरुको मृत्यु भएमा वनको ओढारमा राख्नुपर्दछ । चोखिने दिन बेलुका धामी विजुवालाई चिन्ता बसाई त्यस्ताको मृतात्मालाई मार्नुपर्छ । यसलाई ुसियाँ मार्नेु भनिन्छ। 
३ दुःख बार्ने वििध:
लाशलाई दबाइसकेपछि दुःख बार्ने उत्तराधिकारी छोराहरुले धारामा गई कपाल खौरनु पर्दछ भने स्त्री वा महिलाहरुले कपाल नुहाउनु पर्दछ । मरौ परेको घरमा भित्रबाट लिप्तै बाहिर निकाल्नु पर्दछ । जुठो बार्नेहरु लगायत सबै मलामीहरु शव दबाईसकेपछि आँगनमा राखिएको आगोको पुल्ठोलाई टेक्तै घरभित्र पस्नुपर्दछ । खोलाटोलाको चलन अनुसार कुनै ठाउँमा पाँच दिन र कुनै ठाउँमा एक दिन मात्रै पनि जुठो÷दुःख बार्ने चलन छ । आमाको मृत्युमा चोखिने समय नआएसम्म दूध बार्ने र यदि काँसको थाल छोरीचेलीलाई दान गर्नुछ भने काँसमा पनि खान हुँदैन । 
४ दुःख फुकाउने वििध:
किरात पुमा राईहरुले मरेको दिनलाई गणना गरेर विजोडी दिनपारी चोखिनु पर्दछ । दुःखबाट चोखिने दिन पुनः मृतआत्मालाई घरको चुलामा बोलाई खान दिएर पुनः बूढाहोङ आकाश देव मा नै पुर् याउनु पर्दछ । दुःखबाट चोखिने दिन मृतकको नाममा चौतारा बनाई शिलालेख राखी बरपीपल रोपी दिने चलन छ । मृतकको ढुङ्गाको मूर्ति बनाएर चौतारोमा गाडेर त्यसमा ङापोङद्धारा मुन्दुम गाउँदै भात मासु जाँडरक्सी चढाइन्छ । दुःख फुकाउने भनी मावली र ससुरालीलाई दुःख बोक्नेहरुलाई फेटा लगाइदिने चलन छ । दान दिने कुराहरु भएमा यसै दिन भााजा-भााजीहरुलाई दिइन्छ । किरियापुत्री बसेकाले छोरी-चेली भान्जाभााजी ज्वाई-चेलालाई टीका लगाइदिएपछि ढोगभेट सबै फुक्छ । यसरी किरात पुमा राईहरुको जीवन संस्कार सम्पन्न हुन्छ ।
यो दस्ताबेज प्रविन पुमा राईको ब्लग http://pumarai.blogspot.com/ बाट उहाँको अनुमतिमा साभार गरेको हुन् | कुनै जिज्ञासा भएमा thumrahong@gmail.com, sumnimatheatre@gmail.com  Contact: +977 ९८४१३७४३५६ सिधै उँहालाइ सम्पर्क गर्न सक्नु हुन्छ | मा उँहाप्रति आभारी छु |




Share/Bookmark

0 सुझाव:

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan