आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना


स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना
हामीले हेर्दा–हेर्दै समय कहाँबाट कहाँ पुगिसक्यो । विकसित, परिष्कृत अनि परिमार्जित हुने क्रममा अव "हामी र हाम्रो" माथी "म मेरो" मात्र हावी भइरहेको देखिन्छ । संसार साँधुरिँदै–साँघुरिँदै एउटा सानो यन्त्रमा कैद भईसकेको छ । विश्वलाई एउटै ठूलो गाउँको संज्ञा दिईँदैछ । मानव मस्तिष्कमा विभिन्न किसिमको रसायन र दुव्र्यसनको प्रभावले मजबुत घरगरि आफूलाई मात्र क्षणिक सर्वोपरी देख्ने बानीको विकास अव परम्परा बन्दै गइरहेको छ । परिणामस्वरुप विश्वमा अशान्ति, अनिष्ट, हत्या, हिंसा र सुन्न र सहन नसक्ने दुःखद घट्नाक्रमहरुको विकास दिनप्रतिदिन बढ्दै बढ्दै गइरहेको छ । समाज विकृती विसंगतिको अखडा भएको छ ।  विषेश गरी अहिलेको युवावर्ग यसबाट बेस्सरी प्रभावित बनेको देखिन्छ । यो वर्ग जीवनको कुन दौड जित्न यसरी बाटो विराइ भौँतारिएको हो आफैँलाई थाहा छैन तर पनि दौडि रहेछ, क्रमशः दौडिरहेछ । 

Read more...

शान्ति पाठ

हाम्रो देश नेपाल बिगत धेरै बर्षदेखि अशान्ति, हत्या-हिंसाको चपेटाबाट गुज्रीरहेको छ | सबैतिर शान्ति शब्दको चर्चा सुनिन्छ | नेतागण, नागरिक समाज, मानव अधिकारकर्मी तथा समाजसेवी सबै शान्तिको खोजमा छन् तर देशमा शान्ति तथा अमनचयन कायम गर्न धौ धौ परिरहेको छ | धर्मशास्त्र, धर्म-दर्शन र यसका सिद्धान्त अनि संस्कारहरुको पालना गर्ने हो र यसलाई मनन गर्ने हो भने पनि मानवमनमा केहि शान्ति मिल्न सक्छ | मानव शान्त हुनु नै समस्त शान्ति हुनु हो | मोह र क्रोधको जालमा फंसेर हालको विश्वमा अशान्ति फैलाउने सर्वचेतनशिल प्राणी मानव नै हुन् | आफ्नो कर्तब्य पथबाट बिमुख नभै धर्म र कर्मको पथमा लागौ, देशलाइ शान्तिपथमा लैजाऊ .|  आउनुहोस हामी सबै मिलि शान्ति पाठ गरौँ ! देशलाई राहत दिउँ !  



शान्ति पाठ


ॐ द्यौ शान्तिरन्तरिक्षः शान्तिः पृथ्वि
शान्तिरापः शान्तिः रोषधयःशान्ति ।
वनस्पतयः शान्तिर्विश्वे देवाः
शान्तिब्रम्हा शान्तिः सर्वः शान्ति ः
शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्ति ः शान्तिः शान्तिः ॐ

शान्ति पाठको अर्थ
शान्ति गर्नुहोस् प्रभु त्रिभुवनमा ।। शान्ति गर्नुहोस् ।
जल, थल, गगनमा , अन्तरिक्ष, अग्नि पवनमा
औषधि ,वनस्पति, वन र सारा विश्वको जड चेतनामा ।। शान्ति गर्नुहोस् ।
शान्ति राष्ट्र निर्माण सृजनामा, नगर, गाउँ र घरहरुमा
जीवमात्रको तन, मनमा र जगतका कण कणमा शान्ति गर्नुहोस् ।
ॐ शान्ति ः शान्तिः शान्तिः ॐ


Read more...

हामीले भुल्दै गएका संस्कार र संस्कृतिहरु



हिन्दू धर्मका संस्कारहरु
हिन्दू धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए । धार्मिक मात्र नभएर वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरु हाम्रो जीवनमा महत्वपूर्ण छन् । हिन्दू संस्कृतिको महानतामा यी संस्कारहरुको महत्वपूर्ण योगदान रहेको छ । प्राचिनकालमा हाम्रा प्रत्येक कार्यहरु संस्कारबाट आरम्भ हुने गर्दथे । उक्त समयमा संस्कारका संख्या पनि लगभग चालिस थिए । समयको बद्लिँदो परिस्थितिसँगै मानिसहरुमा व्यस्तता बढ्दै गयो जसले गर्दा हाम्रा केही संस्कारहरु स्वतः विलुप्त भए । यसप्रकार समय अनुसार संसोधित भएर संस्कारहरुको संख्या निर्धारण भए । गौतम स्मृतिमा चालिस प्रकारका संस्कारहरुको उल्लेख भएको पाइन्छ । महर्षी अंगिराले यिनको अन्तर्भाव पच्चिस संस्कारमा गर्नुभएको छ त्यस्तै व्यास स्मृतिमा सोह्र संस्कारको वर्णन गरीएको छ ।

हाम्रो धर्मशास्त्रमा पनि मुख्यरुपमा सोह्र संस्कारकै व्याख्या गरिएको छ । हिन्दू धर्ममा सबैभन्दा पहिलो गर्भाधान संस्कार र मृत्युपरान्त अन्त्येष्टि अन्तिम संस्कार हो । गर्भाधानपछि पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण आदी संस्कार नवजात शिशुको यस दैवी जगत्सँग सम्बन्ध स्थापनाका लागि गरीन्छ । नामांकरण संस्कारपछि चूडाकर्म संस्कार र यज्ञोपवीत संस्कार हुन्छ अनि त्यसपछि विवाह संस्कार गरीन्छ । विवाह संस्कार गृहस्थ जीवनको सर्वाधिक महत्वपूर्ण संस्कार हो । विवाहलाई हिन्दूधर्ममा स्त्री र पूरुष दुवैको लागि सवैभन्दा महत्वपूर्ण संस्कारको रुपमा लिईएको छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ । विभिन्न धार्मिक ग्रन्थ अनुसार संस्कारहरुको क्रम पनि भिन्न भिन्नरुपमा देखाइएको छ तर प्रचलित संस्कारका क्रमहरु यसप्रकार रहेका छन् ः गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार पनि भनिन्छ यिनीहरुमा पहिला तीन संस्कारहरु गर्भाधान, पुंसवन र सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई वहिर्गर्भ संस्कार भनिन्छ र गर्भ संस्कारलाई दोष मार्र्जन अथवा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार भनिन्छ । गुणाधान संस्कार दोषमार्जन गरिसकेपछि मानिसमा सप्तगुणको अभिवृद्धिकालागि गरिने संस्कार हो । हाम्रा पूर्वज तथा ऋषिमुनिहरुले हामीलाई सुसंस्कृत तथा समाजिक र नैतिकवान बनाउनका लागी अथक प्रयास तथा सोधको परिणाम स्वरुप यी संस्कारहरुको स्थापना गरेका थिए । यस्तै विविध संस्कारहरुका कारण हिन्दू धर्म र संस्कृति अद्धितीय छ । अहिलेको प्रविधिको चरम् विकास तथा मानिसहरुको व्यस्तताका कारण सनातन धर्मावलम्बीहरु अब यी संस्कारका मुल्यमान्यताहरुलाई भुल्दै गइरहेको पाइन्छ । यसैको फलस्वरुप मानिसहरुको चारित्रिक गिरावट, संवेदनहीनता, असामाजिकता, हिंसा र गुरुहरुको अवज्ञा, अनुशासनहीनता इत्यादी कुराहरुले हाम्रो समाजमा प्रश्रय पाइरहेका छन् । धेरै मानिसहरु आफ्नो कर्तव्यपथबाट विमुख भई निकृष्ट कृयाकलापतर्फ लागेको देखिन्छ । हो, समय अनुसार परिवर्तित हुनु आवश्यक छ तर हाम्रा ऋषिमुनीहरुद्वारा स्थापित मूलभूत सिद्धान्तहरुलाई नकार्न कहिलेपनि श्रेयष्कर हुँदैन । आदिकालदेखि चलिआएको परम्परा र मान्यतालाई पक्कै पनि कुल्चनु हुन्न । यी सबै संस्कारहरु सत्यता र वैज्ञानिक आधारले प्रमाण्ति छन् । अहिले पूर्वीय धर्मदर्शनलाई अध्ययन गरी पश्चिमी मुलुकका धेरै मानिसहरु यो धर्मसंस्कारलाई अंगाली रहेको तथ्य हामीसामू छर्लङ्ग छ तर हामी भने दैनिक टाढा–टाढा भईरहेका छौ । हाम्रा महान र मौलिक संस्कारहरुको परिचय निम्नानुसार रहेको छ ।

Read more...
 

©2009 समावर्तन | Template Setting by Samawartan