आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

हरितालीका तीज ब्रत कथा

हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरुलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरुलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरु सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पुजा लगाई ब्राम्हण ब्राम्हणीहरुलाई दान दक्षिणा गर्ने चलन रहेको छ । पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ । 

यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो ।

हे गौरी पर्वतराज हिमालयको गंगातटमा तिमिले आफ्नो वाल्य अवस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधीमा तिमिले कुनै अन्नपानी नखाइ केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरु चबाइ दिनहरु काटेकी थियौ ।

Read more...

पवित्र ग्रन्थ गीतामा के लेखिएको छ ?

गीता–सार
व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमा डराउँछौ ? तिमिलाई कसले मार्न सक्छ ? आत्मा पैदा हुन्छ मर्छ नै

जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चाताप नगर भविष्यको पनि चिन्ता नगर वर्तमान चलिरहेको

तिम्रो के गयो त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ¥यौ जुन नाश भयो ? तिमिले केही लिएर आएका थियौै लाने नै छौ जे लियौ यहीँबाट लियौ जे दियौ यहीँ दियौ जे लियौ उहाँ (भगवान) बाट लियौ जे दियौ उहाँ (भगवान)लाई नै दियौ

खालि हात आयौ खालि हात नै जानेछौ जे आज तिमिसँग हिजो कसैको थियो भोली अरु कसैको हुनेछ तिमि यसलाई आफ्नै सम्झेर मग्न मख्ख भईरहेका छौ वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो

परिवर्तन संसारको नियम हो जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही जीवन हो एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो तिमी सबैका हौ

यो शरीर तिम्रो हो तिमि यो शरीरका हौ यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो यसैमा मिल्नेछ तर आत्मा भने स्थिर त्यसो भए तिमि को हौ ?

तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर यो नै सबैभन्दा उत्तम सहारा हो जसले यो सहाराको बारेमा जान्दछ भय, चिन्ता शोकबाट सर्वदा मुक्त हुन्छ

तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ




Read more...

श्री गणेश श्लोक

II श्री गणेश श्लोक II

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः।
निर्विघ्नं कुरू मे देव सर्वकार्येषु सुसर्वदा।



मन्त्रार्थ

विघ्नेश्वर भगवान्
जसको वक्र आकृति एवं विशाल देह छ,
जसको करोडौं सूर्यको समान प्रभा (ओज) मण्डल छ ।
उनै परम्कृपालु प्रभु मेरो सवै कार्यहरुको सर्वदा निर्विघ्न (विघ्नहरुको नाश) गर्नुहोस् ।
समस्त कार्य विघ्नेश्वर भगवानको कृपाले सर्वदा निर्विघ्नता–पूर्वक सम्पन्न होओस् ।


Read more...

वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ


वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ 

हाम्रो दैनिक जीवनमा वास्तुको सकारात्मक वा नकारात्मक असर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा परिरहेको हुन्छ । मेहनत अनुसारको उन्नति प्रगती हुन नसक्नु, घर घरायसी सम्बन्धमा चिसोपना उत्पन्न हुनु, मानसिक चिन्ता, दीर्घरोग आदिको संक्रमणवाट लामो समयसम्म पीडित हुनु र छुटकारा पाउन नसक्नु साथै जीवनका अन्य विविध पाटाहरुमा समेत यसको प्रभाव रहेको हुन्छ । ब्रम्हाण्डमा रहेका दिशा, चुम्बकीय ध्रुव, विद्युतीय तरङ्ग, कस्मिक इनर्जी, हावाको वहाव, सूर्यको किरणजस्ता सर्वमान्य र दैनिक मानव जीवनमा प्रभावपार्ने तत्वहरुको गलत संयोजन भएमा हाम्रो जीवन नराम्रोसँग प्रभावित हुन्छ । यी तत्वहरुको सही संयोजन मिलाउन वास्तुशास्त्र र ज्योतीषशास्त्रको अध्ययन हुनु आवश्यक छ । यी शास्त्रहरुलाई विज्ञानले समेत मान्यता दिएको छ र प्रसस्त वैज्ञानिक कारणहरु, पुष्टिहरु र प्रमाणहरु रहेकाछन् । वास्तुको गलत प्रभाव रहेमा हामी आफैँले पनि समान्यरुपमा वास्तु अनुसार आफ्नो घर, अफिस, कारखाना वा उद्योगधन्दामा मेशीनरी सामान, फर्निचर इत्यादी उचित ठाउँमा छन कि छैनन् भनि अनुससन्धान गर्न सकिन्छ र यदी कुनै संरचनामा वास्तुदोष भए दोषमुक्त हुने उपाय समेत अवलम्वन गर्न सकिन्छ । अस्थायी वा स्थायीरुपमा गलत स्थानमा गरिएका निर्माण र त्यहाँ राखिएका वस्तुहरुबाट उत्पन्न हुने दोष मानव जीवनमा उत्तिकै प्रभावकारी हुन्छ । वास्तुशास्त्रमा आठवटा दिशाहरुको वर्णन पाइन्छ र यी आठै वटा दिशाहरु विषेशरुपले महत्वपूर्ण छन् । प्रत्येक दिशाको आफ्नो स्वामी हुन्छ र स्वामीअनुसार हामी गृहप्रयुक्त वस्तुहरु उचित दिशामा राख्ने गरीन्छ ।

Read more...

गृह निर्माण एवं मार्गरेखा शास्त्र : वास्तुशास्त्र


गृह निर्माण एवं मार्गरेखा शास्त्र : वास्तुशास्त्र
वास्तुशास्त्र प्राचिनकालदेखि गृह निर्माणको मार्गरेखक बन्दै आएको वास्तुशास्त्रलाई  घर गृहस्थीमा शान्ति, सद्भाव, उन्नति, प्रगती कार्यालयमा शुन्दरता एवं पवित्र कला ल्याउने विज्ञान पनि भनिन्छ वास्तु केवल पढ्नेलेख्ने शास्त्रमात्र नभई यथेष्ट प्रमाणित वैज्ञानिक आधार गृहनिर्माणमा महत्वूर्ण भूमिका राख्ने शास्त्र पनि हो वास्तुशास्त्रलाई आधारमानी निर्माण शुभारम्भ गरेमा हाम्रो स्वास्थ्य, अधिकतम् क्षमता, कम तनाव, सुखशान्ति, आय आम्दानीका साथै पर्यावरणीय सन्तुलन समेत सहीरुपमा कायम रहन्छ

Read more...

स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना


स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना
हामीले हेर्दा–हेर्दै समय कहाँबाट कहाँ पुगिसक्यो । विकसित, परिष्कृत अनि परिमार्जित हुने क्रममा अव "हामी र हाम्रो" माथी "म मेरो" मात्र हावी भइरहेको देखिन्छ । संसार साँधुरिँदै–साँघुरिँदै एउटा सानो यन्त्रमा कैद भईसकेको छ । विश्वलाई एउटै ठूलो गाउँको संज्ञा दिईँदैछ । मानव मस्तिष्कमा विभिन्न किसिमको रसायन र दुव्र्यसनको प्रभावले मजबुत घरगरि आफूलाई मात्र क्षणिक सर्वोपरी देख्ने बानीको विकास अव परम्परा बन्दै गइरहेको छ । परिणामस्वरुप विश्वमा अशान्ति, अनिष्ट, हत्या, हिंसा र सुन्न र सहन नसक्ने दुःखद घट्नाक्रमहरुको विकास दिनप्रतिदिन बढ्दै बढ्दै गइरहेको छ । समाज विकृती विसंगतिको अखडा भएको छ ।  विषेश गरी अहिलेको युवावर्ग यसबाट बेस्सरी प्रभावित बनेको देखिन्छ । यो वर्ग जीवनको कुन दौड जित्न यसरी बाटो विराइ भौँतारिएको हो आफैँलाई थाहा छैन तर पनि दौडि रहेछ, क्रमशः दौडिरहेछ । 

Read more...

शान्ति पाठ

हाम्रो देश नेपाल बिगत धेरै बर्षदेखि अशान्ति, हत्या-हिंसाको चपेटाबाट गुज्रीरहेको छ | सबैतिर शान्ति शब्दको चर्चा सुनिन्छ | नेतागण, नागरिक समाज, मानव अधिकारकर्मी तथा समाजसेवी सबै शान्तिको खोजमा छन् तर देशमा शान्ति तथा अमनचयन कायम गर्न धौ धौ परिरहेको छ | धर्मशास्त्र, धर्म-दर्शन र यसका सिद्धान्त अनि संस्कारहरुको पालना गर्ने हो र यसलाई मनन गर्ने हो भने पनि मानवमनमा केहि शान्ति मिल्न सक्छ | मानव शान्त हुनु नै समस्त शान्ति हुनु हो | मोह र क्रोधको जालमा फंसेर हालको विश्वमा अशान्ति फैलाउने सर्वचेतनशिल प्राणी मानव नै हुन् | आफ्नो कर्तब्य पथबाट बिमुख नभै धर्म र कर्मको पथमा लागौ, देशलाइ शान्तिपथमा लैजाऊ .|  आउनुहोस हामी सबै मिलि शान्ति पाठ गरौँ ! देशलाई राहत दिउँ !  



शान्ति पाठ


ॐ द्यौ शान्तिरन्तरिक्षः शान्तिः पृथ्वि
शान्तिरापः शान्तिः रोषधयःशान्ति ।
वनस्पतयः शान्तिर्विश्वे देवाः
शान्तिब्रम्हा शान्तिः सर्वः शान्ति ः
शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्ति ः शान्तिः शान्तिः ॐ

शान्ति पाठको अर्थ
शान्ति गर्नुहोस् प्रभु त्रिभुवनमा ।। शान्ति गर्नुहोस् ।
जल, थल, गगनमा , अन्तरिक्ष, अग्नि पवनमा
औषधि ,वनस्पति, वन र सारा विश्वको जड चेतनामा ।। शान्ति गर्नुहोस् ।
शान्ति राष्ट्र निर्माण सृजनामा, नगर, गाउँ र घरहरुमा
जीवमात्रको तन, मनमा र जगतका कण कणमा शान्ति गर्नुहोस् ।
ॐ शान्ति ः शान्तिः शान्तिः ॐ


Read more...
 

©2009 समावर्तन | Template Setting by Samawartan