आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |
Showing posts with label मन्त्र र श्लोक. Show all posts
Showing posts with label मन्त्र र श्लोक. Show all posts

श्री गणेश श्लोक

II श्री गणेश श्लोक II

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः।
निर्विघ्नं कुरू मे देव सर्वकार्येषु सुसर्वदा।



मन्त्रार्थ

विघ्नेश्वर भगवान्
जसको वक्र आकृति एवं विशाल देह छ,
जसको करोडौं सूर्यको समान प्रभा (ओज) मण्डल छ ।
उनै परम्कृपालु प्रभु मेरो सवै कार्यहरुको सर्वदा निर्विघ्न (विघ्नहरुको नाश) गर्नुहोस् ।
समस्त कार्य विघ्नेश्वर भगवानको कृपाले सर्वदा निर्विघ्नता–पूर्वक सम्पन्न होओस् ।


Read more...

स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना


स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना
हामीले हेर्दा–हेर्दै समय कहाँबाट कहाँ पुगिसक्यो । विकसित, परिष्कृत अनि परिमार्जित हुने क्रममा अव "हामी र हाम्रो" माथी "म मेरो" मात्र हावी भइरहेको देखिन्छ । संसार साँधुरिँदै–साँघुरिँदै एउटा सानो यन्त्रमा कैद भईसकेको छ । विश्वलाई एउटै ठूलो गाउँको संज्ञा दिईँदैछ । मानव मस्तिष्कमा विभिन्न किसिमको रसायन र दुव्र्यसनको प्रभावले मजबुत घरगरि आफूलाई मात्र क्षणिक सर्वोपरी देख्ने बानीको विकास अव परम्परा बन्दै गइरहेको छ । परिणामस्वरुप विश्वमा अशान्ति, अनिष्ट, हत्या, हिंसा र सुन्न र सहन नसक्ने दुःखद घट्नाक्रमहरुको विकास दिनप्रतिदिन बढ्दै बढ्दै गइरहेको छ । समाज विकृती विसंगतिको अखडा भएको छ ।  विषेश गरी अहिलेको युवावर्ग यसबाट बेस्सरी प्रभावित बनेको देखिन्छ । यो वर्ग जीवनको कुन दौड जित्न यसरी बाटो विराइ भौँतारिएको हो आफैँलाई थाहा छैन तर पनि दौडि रहेछ, क्रमशः दौडिरहेछ । 

Read more...

शान्ति पाठ

हाम्रो देश नेपाल बिगत धेरै बर्षदेखि अशान्ति, हत्या-हिंसाको चपेटाबाट गुज्रीरहेको छ | सबैतिर शान्ति शब्दको चर्चा सुनिन्छ | नेतागण, नागरिक समाज, मानव अधिकारकर्मी तथा समाजसेवी सबै शान्तिको खोजमा छन् तर देशमा शान्ति तथा अमनचयन कायम गर्न धौ धौ परिरहेको छ | धर्मशास्त्र, धर्म-दर्शन र यसका सिद्धान्त अनि संस्कारहरुको पालना गर्ने हो र यसलाई मनन गर्ने हो भने पनि मानवमनमा केहि शान्ति मिल्न सक्छ | मानव शान्त हुनु नै समस्त शान्ति हुनु हो | मोह र क्रोधको जालमा फंसेर हालको विश्वमा अशान्ति फैलाउने सर्वचेतनशिल प्राणी मानव नै हुन् | आफ्नो कर्तब्य पथबाट बिमुख नभै धर्म र कर्मको पथमा लागौ, देशलाइ शान्तिपथमा लैजाऊ .|  आउनुहोस हामी सबै मिलि शान्ति पाठ गरौँ ! देशलाई राहत दिउँ !  



शान्ति पाठ


ॐ द्यौ शान्तिरन्तरिक्षः शान्तिः पृथ्वि
शान्तिरापः शान्तिः रोषधयःशान्ति ।
वनस्पतयः शान्तिर्विश्वे देवाः
शान्तिब्रम्हा शान्तिः सर्वः शान्ति ः
शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्ति ः शान्तिः शान्तिः ॐ

शान्ति पाठको अर्थ
शान्ति गर्नुहोस् प्रभु त्रिभुवनमा ।। शान्ति गर्नुहोस् ।
जल, थल, गगनमा , अन्तरिक्ष, अग्नि पवनमा
औषधि ,वनस्पति, वन र सारा विश्वको जड चेतनामा ।। शान्ति गर्नुहोस् ।
शान्ति राष्ट्र निर्माण सृजनामा, नगर, गाउँ र घरहरुमा
जीवमात्रको तन, मनमा र जगतका कण कणमा शान्ति गर्नुहोस् ।
ॐ शान्ति ः शान्तिः शान्तिः ॐ


Read more...
 

©2009 समावर्तन | Template Setting by Samawartan