आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना


स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना
हामीले हेर्दा–हेर्दै समय कहाँबाट कहाँ पुगिसक्यो । विकसित, परिष्कृत अनि परिमार्जित हुने क्रममा अव "हामी र हाम्रो" माथी "म मेरो" मात्र हावी भइरहेको देखिन्छ । संसार साँधुरिँदै–साँघुरिँदै एउटा सानो यन्त्रमा कैद भईसकेको छ । विश्वलाई एउटै ठूलो गाउँको संज्ञा दिईँदैछ । मानव मस्तिष्कमा विभिन्न किसिमको रसायन र दुव्र्यसनको प्रभावले मजबुत घरगरि आफूलाई मात्र क्षणिक सर्वोपरी देख्ने बानीको विकास अव परम्परा बन्दै गइरहेको छ । परिणामस्वरुप विश्वमा अशान्ति, अनिष्ट, हत्या, हिंसा र सुन्न र सहन नसक्ने दुःखद घट्नाक्रमहरुको विकास दिनप्रतिदिन बढ्दै बढ्दै गइरहेको छ । समाज विकृती विसंगतिको अखडा भएको छ ।  विषेश गरी अहिलेको युवावर्ग यसबाट बेस्सरी प्रभावित बनेको देखिन्छ । यो वर्ग जीवनको कुन दौड जित्न यसरी बाटो विराइ भौँतारिएको हो आफैँलाई थाहा छैन तर पनि दौडि रहेछ, क्रमशः दौडिरहेछ । 
धर्मकर्म र शास्त्र अध्ययन, ध्यान, योग प्राणयाम, नित्य पूजापाठ सबै क्रमशः भुल्दै गएको पाटो बनेको छ । मानव विभिन्न सांसारिक संकट, अत्यन्त तनाव र चिन्ताको घेराभित्र कैद बन्दै गइरहेको छ । वैदिककालमा हाम्रा ऋषिमुनीहरुले कठोर साधना र तपश्याको मार्गबाट जीवनका जुन आधारभूत सत्यको साक्षात्कार गरे वास्तवमा ति दर्शनहरु नै जीवन जीउने कलाका मार्गचित्र हुन । तसर्थ थोरै मात्र भएपनि हामी उनिहरुको अनुशरण गरी हाम्रो भावि जीवनलाई केही तनाव मुक्त र सुखी बनाउँ । आफूलाई म र मेरो घेराबाट बाहिर निकाली तल भनिए झैं हामी र हाम्रो भन्ने फराकिलो संसारमा अभ्युदय गराऔँ । सबै मानव जातिलाई प्रेम गर्न र सबैको सुख शान्ति र समृद्धिको कामना गर्न प्रेरित बनौँ. 
प्रथम-मन्त्र
सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्।
अर्थात्
हामी सबै सुखी र खुशी रहौ, सबै निरोगी र स्वस्थ रहौ।
सबै भद्र भलाद्मी र राम्रा देखौँ कसैलाई पनि दुःखको भाग प्राप्ती नहोस् ।
द्वितीय-मन्त्र
ऊँ भद्रं कर्णोभिः श्रृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः।
स्थिरैरङैगस्तुष्टुवाँस्तनूभिर्व्यशेम देवहितं यदायुः।।
अर्थात्
हे देवगण ! हामीले श्रवण गर्दा हाम्रो कानबाट शुभ र कल्याणकारी शब्दहरु सुन्न पाऊँ । आँखाले शुभ र कल्याणकारी दृष्य देख्न पाऊँ । स्वस्थ अनि दृढ सोच र शरीरबाट शाखा सन्तानसहित भगवानको स्तुति गर्दै आयु देवसहितका उपासनामा उपयोगी हुन सकौँ, उपयोग गर्न सकौँ र त्यसलाई प्राप्त गर्न सकौँ ।




Share/Bookmark

1 सुझाव:

mskhanal May 1, 2010 at 11:35 AM  

अध्यात्मबाद बैज्ञानिक छ र यसको ब्यापक अध्ययन को जरुरत छ

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan