आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

हिन्दु धर्ममा कति प्रकारका बिबाह हुन्छन ?


हिन्दु धर्ममा विवाह :-
हिन्दु धर्ममा विवाहलाई सोह्र संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार मानिन्छ विवाह अर्थात् यसको शाब्दिक अर्थ विषेश रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ पाणिग्रहण संस्कारलाई सामान्य रुपमा हिन्दु विवाह भनिन्छ अन्य धर्ममा विवाह भनेको पति पत्निका वीचमा एक किसिमको करार हुने गर्छ जसलाई विषेश परिस्थितिमा तोड्न पनि सकिन्छ तर हिन्दु विवाह पति पत्नि वीच जन्मजन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनैपनि अवस्थामा तोड्न सकिन्न अग्निको सातफेरा लिएर ध्रुवतारालाई साक्षी राखी दुई तनमन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् हिन्दु धर्ममा पति पत्निका वीच शारिरीक सम्बन्धभन्दा आत्मिक सम्बन्धलाई मान्यता दिईन्छ यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको  

हिन्दु मान्यताका अनुसार मानव जीवनका चार आश्रम बम्हचर्य आश्रम, गृहस्थ आश्रम, सन्यास आश्रम तथा वानप्रस्थ आश्रममा विभाजन गरिएको गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक हिन्दु विवाहमा शारिरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यकालागि मात्र हुन्छ हिन्दु धर्ममा निम्नप्रकारका विवाहहरुको उल्लेख गरिएको  

विवाहको प्रकार :-
. ब्रह्म विवाह
दुवै पक्षको सहमतिमा समान वर्गको सुयोग्य वरका साथ कन्याको विवाह निश्चित गर्नुलाई ब्रम्ह विवाह भनिन्छ सामान्यतः यो विवाहपछि कन्यालाई आभुषणयुक्त गरेर विदा गर्ने गरिन्छ आजकलको एरेन्ज म्यारिज ब्रम्ह विवाहकै रुप हो
२. दैव विवाह
कुनै सेवा कार्य (विषेशतः धार्मिक अनुष्ठान) को मुल्यको रुपमा आफ्नो कन्यालाई दानको रुपमा दिनुलाई दैव विवाह भनिन्छ अहिले यस्तो विवाहको चलन हटिसकेको
३. आर्श विवाह
कन्या पक्षलाई कन्याको मुल्य (सामान्यतः गौदान) दिएर कन्यासँग विवाह गर्ने चलनलाई आर्श विवाह भनिन्छ
४. प्रजापत्य विवाह
कन्याको सहमति विना उनको विवाह अभिजात्य वर्गको वरसँग गरिदिने विवाहलाई प्रजापत्य विवाह भनिन्छ
५. गंधर्व विवाह
परिवारको सहमति बिना वर कन्या कुनै रितिरिवाजले आपसमा विवाह गर्ने पद्धतिलाई गन्धर्व विवाह भनिन्छ प्राचिन समयमा दुष्यन्तले शकुन्तलाका साथ गन्धर्व विवाह गरेका थिए उनकै पुत्र भरतको नामबाट नै हालको भारतवर्षको नाम भारत रहेको धार्मिक इतिहास यसलाई आजकल प्रेम विवाह भनिन्छ
६. असुर विवाह
कन्यालाई आर्थिक रुपले खरिद गरी विवाह गर्नुलाई असुर विवाह भनिन्छ
७. राक्षस विवाह
कन्याको सहमति विना उनलाई अपहरण गरी जबरजस्ती विवाह गर्नुलाई राक्षस विवाह भनिन्छ यस्ता विवाहहरु कहिलेकाँही हाम्रो समाजमा हुने गर्दछ
. पैशाच विवाह
कन्याको मदहोशी (गहन निन्द्रा, नशा सेवन गराई, लठठ् बनाई, मानसिक दुर्बलता आदि) को लाभ उठाइ शारिरीक सम्बन्ध बनाउने उसलाई विवाह गर्नुलाई पैशाच विवाह भनिन्छ



Share/Bookmark

0 सुझाव:

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan