आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

किरात पुमा राइहरुको इतिहास






किरात राज्यको पतन भएपछि किरात मोङ तेन हाल काठमाडौं उपत्यकाको किरातीहरु कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिणतिर लाग्ो । तर किरातीहरुको किरात मोङलुङ किरातेश्वर शिला भने भविष्यमा पनि किरातीहरुले किरात मोङ् तेनमा पुनः राज्य साचालन गर्ने कुरा थाहा पाएपछि यही किरात मोङ तेनमा नै किरात मोङलुङ भएर बस्यो । त्यो कुरा त्यहाँको शासकहरुले राम्ररी थाहा पाएपछि त्यो किरात मोङलुङलाई किरात मोङ तेनका शासकको आदेशअनुसार चारैपट्टि ठूलो पर्खालको घेरा-बार लगाएर कडा सुरक्षा दिएर त्यस किरात मोङलुङको शक्ति पतन गराउनको लागि गैर किरातीहरुले बाख्रा काटेर त्यसको रगतको भोग िदंदै लपटपट गराउँदै राखियो । त्यहाँ किरातीहरुलाई पस्न पनि बन्देज लगाइयो । त्यो कुरा माझ किरातको एक ङापोङ किरातीले जोखानामा थाहा पायो । त्यो कुरा माझकिरातको किरातीहरुलाई ङापोङले बतायो । त्यसपछि माझ किरातको किरातीहरुले आपुनो किरात मोङलुङलाई पनि आपुनै भूमि माझ किरातमा नै लानको लागि धेरै प्रयत्न गर्यो ।
तर किरात मोङलुङ तेनको शासकहरुको अगाडि माझ किरातको किरातीहरुको केही पनि चलेन । अन्ततः माझ किरातको ङापोङले आपुनो आपुनो भेष बदलेर किरात मोङलुङको नजिकै आएर बस्यो । त्यस क्रममा त्यस किराती ङापोङले किरात मोङलुङलाई घेरा लगाएर बस्ने पाले-सिपाहीँहरुलाई साथी बनायो । त्यसपछि त्यही साथीहरुको सहयोगमा किरात मोङलुङतेनको राजाको दरबारमा तान्त्रिक पूजाहारी सिपाहीँको रुपमा जागिरे भयो । त्यस राजाको दरबारमा धेरै वर्षसम्म एक कुसल सिपाहीँको रुपमा काम गर्यो । राजा मन्त्रीहरुको मन जित्यो । तर पनि त्यस किरात ङापोङ सिपाहीँलाई कहिल्यै पनि त्यस किरात मोङलुङमा भित्र जान÷पस्न दिइएन । तैपनि त्यस किराती ङापोङ सिपाहीँले त्यो किरात मोङलुङलाई केवल परैबाट सधैं टुलुटुलु हेरेर मात्रै चित्त बुझाउँथ्यो । त्यही क्रममा एक दिन किराती ङापोङ सिपाहीँले आपुनै घर माझ किरात फर्किने इच्छा राजासमक्ष जाहेरी गर्यो । राजाले पनि किराती ङापोङ सिपाहीँँको त्यॊ जाहेरी स्वीकार गर्दै लान सक्ने गरी बहुमुल्य धनसम्पत्ति माझकिरात लान किराती ङापोङ सिपाहीँँलाई अनुमति दिइयो । तर त्यो किराती ङापोङ सिपाहीँँले कुनै पनि बहुमूल्य वस्तुहरु लान चाहेन । बरु किरात मोङलुङस्थित बागमतीको एउटा सानो लुङ शीला आपुूसँग लान चाहेको कुरा राजासमक्ष बिन्ती गर्यो । राजाले पनि त्यो जावो ढुङ्गा त हो भनेर ूलौ त त्यसो भए । त्यही ढुङ्गा नै लैजाउ त ।ू भनी त्यो ढुङ्गा लान अनुमति दियो ।त्यसपछि त्यो किरात ङापोङ सिपाहीँ खुसी हुँदै किरात मोङलुङस्थित बागमतीको किनारमा गएर कसैले पनि थाहा नपाउने गरी आपुूले लुकाएर राखिएको साच्चिकै किरात मोङलुङलाई माकुम किरात अस्त्र- अक्षता बेछुक अदुवा- किरात अस्त्र- औषधि र सोलोन्वा वाबुक जाँडपानी मिसाइएको पवित्र जल भरिएको चिन्डो- किरात अस्त्र ले थोक्दाउँदै किरात मुन्दुम गाएर विधिपूर्वक पूजा गरी त्यस किरात मोङलुङलाई आपुनो हिखा झोला मा लगाएर माझ किराततर्फ बाटो लाग्यो । त्यही बेला अचानक किरात मोङलुङलगायत किरात मोङतेन वरपरको जमिन कम्पन भयो । आकाश कालो मुस्लो भएर आयो । हुरी बतास चल्यो । विजुली चम्कियो । पानी पर्यो । किरात मोङतेन लगायत दरबारको वरपर हाहाकार मच्चियो । भाग दौड चल्यो । त्यस दरबारमा ठूलो आपत-विपत आइपर्यो । त्यसपछि किरात मोङतेनको राजाबाट दरबारमा तुरुन्तै नगरा-कर्नालहरु बजाउनु लगाइयो । राजाको हुकुम अनुसार सबै भाइ भारदारहरु मन्त्रीहरु सेनाप्रमुखहरु मठमन्दिरको प्रमुख पूजारीहरु ज्योति विद्वान्हरु आदि सबैलाई भेला गराएर सभा सम्मेलन गराइयो । त्यस सभामा कोही कसैबाट दरबारमा अशुभ हुने खालको केही काम भयो कि भनेर सोधियो तर कोही कसैबाट पनि त्यस्तो असुभ हुने काम नगरिएको कुरा राजासमक्ष जाहेरी गरियो । बरु राजाले नै आपुनो सहमतिमा किरात ङापोङ सिपाहीँले किरात मोङलुङ क्षेत्रको बागमतीको किनारमा रहेको ढुङगा पनि आपुूसँगै ङापोङले साथैमा लिएर माझ किराततिर लागेको कुरा बतायो । फलस्वरुप त्यो भेलाको सभाले किराती ङापोङ सिपाहीँले आपुनो साथमा लिएर गएको ढुङ्गामा दैविक शक्ति भएको ठहर गरी उक्त ढुङ्गासहित किराती ङापोङ सिपाहीँलाई तुरुन्तै किरात मोङतेनमा फर्काउने निर्णय गरियो । त्यो कुरा त्यहाँका राजाले आपुनो सिपाहीँहरुलाई आदेश दियो । यदि उक्त किराती ङापोङ सिपाहीँ फर्कन नमानेको खण्डमा उसले लगेको ढुङ्गालाई जसरी भए पनि फुत्काएर ल्याउन लगाइयो त्यसपछि राजाको आदेशअनुसार दलबल-हातहतियारसहित राजाको सिपाहीँहरु त्यस किराती ङापोङ सिपाहीँलाई खोज्दै पूर्वतिर लाग्यो । त्यतिाजेलसम्ममा त्यो किराती ङापोङ सिपाहीँ साँगा भन्ज्याङ हुँदै किरात प्रदेश पुगिसकेको थियो । किरात प्रदेशमा त्यो किराती ङापोङ सिपाहीँलाई राजाको सिपाहीँहरुले भेटेर विनम्र अनुरोधसहित पुनः किरात मोङतेन फर्कन अनुनयन गर्यो । तर त्यो किराती ङापोङ सिपाहीँले किरात मोङतेन फर्कन मानेन । अब राजाको सिपाहीँहरु ठूलो धर्मसंकटमा पर्यो । त्यसपछि त्यो किराती ङापोङ सिपाहीँलाई त्यो किरात मोङलुङ फर्काइदिन रुँदै राजाको सिपाहीँहरुले अनुरोध गर्यो । आपुूभन्दा ठूलो राजाको सिपाहीँहरुले चिम्से आँखा पारेर आपुनो खुट्टामा शीरै राखेर ढोगेपछि त्यो किराती ङापोङ सिपाहीँको मन ढुङ्गाझैं साह्रो हुन सकेन र भन्यो- ूलौ यो लुङ नै लख्छौ भने लैजाउ । तर म चाहिँ किरात मोङतेनको दरबार फर्किदिन ।ू त्यति भनेर त्यो किराती ङापोङ सिपाहीँले त्यस किरात मोङलुङलाई हेन्खामामामा राखिदियो । त्यसपछि राजाको सिपाहीँहरु खुसी हुँदै त्यस किरात मोङलुङलाई बोक्नु खोज्यॊ । तर त्यस किरात मोङलुङलाई बोक्नु त के हल्लाउन समेत सकेन । बरु त्यो किरात मोङलुङ झन्-झन् जमिनमुनि भासिन थाल्यो । त्यसपछि ूलौ आफै उखलेर लैजाऊ भन्दै किराती ङापोङ सिपाहीँ आपुनो घर माझ किरात प्रदेशतिर िहंड्यो । जमिनमा पुनः कम्पन भयो । वातावरण चारैतिर अन्धकारमय भयो । हावा-हुरी चल्यो । बिजुली चम्कियो । पानी पर्यो । राजाको सिपाहीँहरु झन् ठूलो आपतमा पर्यो । त्यतिाजेलसम्ममा त्यो किराती ङापोङ सिपाहीँ माझ किरात पुगिसकेको थियो । राजाको सिपाहीँहरु पुनः त्यो किराती ङापोङ सिपाहीँलाई पच्याउँदै माझ किरात नै आइपुग्यो । यसपछि किरात ङापोङ सिपाहीँको पाउमा राजाको सिपाहीँहरुले शीर राखेर रुँदै त्यो किरात मोङलुङ फिर्ता गरिदिन अनुनयन गर्यो । त्यसपल्ट पनि किरात ङापोङ सिपाहीँको मन पग्लिएर आयो । त्यसपछि आफै फर्किएर आई माकुम अक्षेता- किरात अस्त्र बेछुक अदुवा- किरात अस्त्र र सोलोन्वा जाँडपानी मिसाएको पवित्र जलले भरिएको चिन्डो किरात अस्त्र ले थोक्दाउँदै त्यस किरात मोङलुङलाई किरात मुन्दुम वाचन गरी शिली टिप्दै विधिपूर्वक पूजा गरी त्यो किरात मोङलुङ राजाको सिपाहीँहरुको हातमा लगाइदियो ।त्यसपछि त्यो राजाको सिपाहीँहरु खुसी हुँदै किरात मोङलुङलाई लिएर किरात मोङतेनतिर फर्कियो । त्यसरी किरात मोङलुङलाई लिएर राजाको सिपाहीँहरु जति-जति किरात मोङतेनतिर नजिक आयो त्यति-त्यति त्यहाँको वातावरण सामान्य हुँदै आयो । आँधीहुरी चल्न कम भयो । आकाश उज्यालो हुँदै गयो । जब त्यो किरात मोङलुङ किरात मोङतेनमा ल्याई पुर्यायो तब सबै वातावरण सामान्य अवस्थामा आयो । त्यसपछि त्यस किरात मोङलुङलाई राजाको हुकुमअनुसार राजाकै सिपाहीँहरुले हनुमान ढोकाको नासल चौकमा कडा सुरक्षा दिई बन्द गरेर त्यस किरात मोङको शक्ति पतन गराउनुको लागि बाख्रा काटेर त्यसको रगतले भोग दिई विटुलो पारेर राख्यो । त्यस ठाउँमा ुभूत प्रेत बोक्सी दाइनी बस्छु भन्दै किरातीहरुलाई त्यहाँभित्र बस्न पनि बन्देज लगाइयो । स्मरण रहोस् हाल यो ठाउँमा वर्षमा एक दिन नवदुर्गा पूजाको दिन ढोका खोल्छ । यस दिन किरात मोङको शक्ति पतन गराउनको लागि राज्यको आदेशअनुसार गैर किराती सिपाहीँहरुले बाख्राको भोग दिई किरात मोङलाई विटुलो पार्दै आएको कुरा त्यहाँको बुढापाकाहरु बताउँछन् ।त्यसपछि त्यो किराती ङापोङ सिपाहीँ पनि आपुनो घर माझ किराततिर बाटो लागेझैं गर्यो । तर एकपटक टक्क उभिएर फनक्क फर्केर त्यस किरात मोङलुङ गाडिएको ठाउँमा हेर्यो । त्यस ठाउँमा उसले कुखुराको अण्डाको बोक्राजस्तो एउटा सेतो वस्तुको टुक्रा देख्यो÷फेला पार्यो । त्यसपछि त्यस अण्डाकार वस्तुलाई आफ्नो हिखा झोलामा लगाएर माझ किराततिर अगाडि िहंड्यो । त्यसरी १२ दिनको अथक हिँडाइपछि त्यो ङापोङ सिपाहीँ पुमाहोङ्मामा आइपुग्यो । त्यसपछि अण्डाजस्तो सेतो बोक्रालाई पुमाहोङमाको चिसापानी हाल- खोटाङ चिसापानी-८ श्री चिसापानी उच्च मा।वि।sाे अगाडि पुमाहोङमाको साकेन्वा थान मा राखेर त्यो ङापोङ आपुनो घरतिर अगाडि बढ्यो । त्यो किराती ङापोङ सिपाहीँँ आपुनो घर पुग्यो । तर त्यो किराती ङापोङ सिपाहीँँले त्यस ठाउँमा सेतो वापा भाले याङभोक बँदेल र भाङभोक दुम्सी सपनामा सधैं देखिरह्यो । त्यसपछि पुमाहोङमाको चिसापानीमा त्यो किराती ङापोङ सिपाहीँँ आएर हेर्दा त सपनामा झैं विपनामा पनि सेतो वापा याङभोक र भाङभोक नै देख्यो । त्यो कुरा पुमा होङमा पुमा खोला को प्रख्यात सिकारीहरुलाई बतायो । त्यसपछि ती सिकारीहरु पुमा होङमाको चिसापानीमा आएर सिकार खोज्यो । तर शिकार त के एउटा चरासमेत भेटेन । त्यसपछि ती सिकारीहरु पुमा होङमाको आ-आफ्नै घरतिर फर्किए । त्यसको केही समयपछि पुनः त्यो किरात मोङलाई किरातीहरुसामु देखापर्ने मन लाग्यो । त्यसपछि त्यो किराती मोङले याङभोकको रुप धारण गरी पुमा होङमामा किरातीहरुले लगाएको अन्नबाली दिनदिनै खाइदिन थाल्यो । त्यहाँको किरातीहरु याङमोकदेखि वाक्क दिक्क भयो । त्यसपछि त्यहाँको सबै गाउँलेहरु मिलेर त्यो याङभोक मार्नुको लागि खुब प्रयास गर्यो तर सकेन । त्यसपछि ती प्रख्यात सिकारीहरुलाई पुमाहोङमामा बिर्झाइ गर्ने याङभोक मार्नुको लागि पुमाहोङमाको किरातीहरुले अनुरोध गर्यो । ती प्रख्यात सिकारीहरु पनि धनुवाणसहित हिमालय पर्वतको सेल्मे-टेम्क भोजपुर र खोटाङ जिल्लाको सिमाना हुँदै पुमा होङमामा सिकार खेल्न आइपुग्यो । त्यसपछि पुमा होङमाको किरातीहरुको सूचनाको आधारमा ती सिकारीहरु सिकार खेल्न जंगलतिर लाग्यो । तर अरु दिन छाप्छाप्ती देखिने सिकार त्यस दिन सिकार मार्न त के ती सिकारीहरुले शिकार देख्नसम्म पाएन । तर जब सिकारी पुमा होङमाको साकेन्वा हाल- खोटाङ चिसापानी-८ चिसापानी उ।मा।वि।sाे अगाडि को आसपासको जंगलमा आइ पुग्यो । तब ती सिकारीहरुले त्यहाँका मालिङ्गोघारीभित्रको मूल फुटेको जरुवा पानीमा याङभोकलाई देख्यो । त्यसपछि ती सिकारीहरुले त्यस याङभोकलाई धनुवाणले हान्यो । वाण पनि अचुक भयो । याङभोकको रगतको सिर्का पनि झर्यो । तर धनुवाण भने सोथर घारीमा जाकियो । त्यसपछि त्यो धनुवाण सोथर घारीबाट निकालेर हेर्दा धुनुवाणको काडको टुप्पोमा अण्डाको बोक्राजस्तो सेतो बस्तु मात्र टाँसिएर आयो । शिकार भने त्यहीँ विलय भएर गयो । त्यसपछि त्यो अण्डाको बोक्राजस्तो सेतो वस्तुलाई त्यहीँ राखेर ति शिकारीहरु पुनः सिकार खोज्दै जंगलतिर लागे । त्यसरी दिनभरि सिकार खोज्दा-खोज्दैमा रात पर्यो । त्यसपछि ती सिकारीहरु यहीँ पुमाहोङमाको जंगलमा नै बास बसे । राती सपनामा ती शिकारीहरुलाई किरातमोङ आएर भन्यो- ूम किरात मोङ साकेन्वा हुँ । मलाई तिमीहरुको खोलाको-टोलको पवित्र ठाउँमा लगेर राखी चोखोनीतो सहित उभौली-उधौलीमा पूजा गर । तिमीहरुको कल्याण हुनेछ । तिमीहरुको दरसन्तान फैलिएर जानेछ ।ूकिरात मोङले सपनामा भनेको कुरा बिहानै उठेर ति शिकारीहरुले एकापसलाई आ-आफ्नो सपनाको कुरा बतायो । त्यसपछि ति शिकारीहरु किरात मोङलुङ साकेन्वालाई खोज्दै आपुूहरुले राखेको ठाउँमा त्यो अण्डाको बोक्राजस्तो सेतो बस्तुलाई हेर्न गयो । ती शिकारीहरुले त्यस सेतो वस्तुलाई सेतो अण्डा आकारको तर साविकको भन्दा केही ठूलो हेर्दा जगजगी बल्ने त्यो वस्तु हेर्दैमा लोभ लाग्दो छुँदा नरम र नरम सेतो बस्तु भेट्यो । त्यसपछि ती सिकारीहरुले त्यही सेतो जगजगी बलिरहेको बस्तुलाई किरातद मोङ साकेन्वा भएको थाहा पाएपछि एकआपसमा सरसल्लाह गरी पुमा होङमाको ती किरातीहरुले त्यो साकेन्वालुङलाई आफ्नो घरतिर लानको लागि किरात मुन्धुम जपेर माकुम अक्षेता- किरात अस्त्र बेछुक अदुवा- किरात अस्त्र सोलन्वा वाबुक- किरात अस्त्रले थोक्दाएर सुम्निमा सिली टिप्दै त्यो साकेन्वा लुङलाई उचालेर बोक्नु खोज्यो । तर त्यो साकेन्वा लुङलाई उचालेर बोक्नु त के हल्लाउन समेत सकेनन् बरु त्यो साकेन्वा लुङ झन्-झन् हेन्खामाभित्र भासिन पो थाल्यो त्यहीबेला आकाश गड्गडाउँदै चट्याङ पर्नथाल्यो कालोमुश्लो भएर हुरीबतास चल्न थाल्यो मुसलधारे पानी पर्नथाल्यो त्यहाँको वातावरण पुरै कालोमैलो भएर आयो । त्यो घटनाले पुमा होङमाको सम्पूर्ण किरातीहरुमा हल्लिखल्ली भयो त्यसपछि पुमाहोङमाको ङापोङहरु मिलेर किरात मुन्धुम वाचन गर्दै त्यो किरात मोङलुङ साकेन्वालाई हेन्खामा भासिनबाट बचायो त्यहीबेला अचानक बिजुली चम्कन छोड्यो हुरीबतास चल्न छोड्यो मुसलधारे पानी चल्न छोड्यो त्यहाँको वातावरण छ्याङ्ग भयो । त्यहीबेला ओम्पचिमा वापा सेतो भाले त्यसठाउँमा बाँस्दै हिँड्दैगरेको ती सम्पूर्ण किराती ङापोङलगायत सम्पूर्ण उपस्थित किरातीहरुले देख्यो । त्यसपछि किरात मोङ साकेन्वाले मन पराको ठाउँ नै त्यही पुमा होङमा भएको विश्वासले त्यहाँको किराती ङापोङहरु लगायत सम्पूर्ण किरातीहरु मिलेर त्यहीँ पुमा होङमा हाल- खोटाङ चिसापानी-७ वाचिपालाको शीर एवम् श्री चिसापानी उच्च मा।वि।sाे अगाडिमा साकेन्वा थान स्थापना गरी किरात मुन्धुम वाचन गर्दै साकेन्वा सिली टिप्दै त्यो पुमा होङ्माको साकेन्वाको पूजा गरियो । त्यसपछि त्यहाँको ङापोङहरुको नेतृत्वमा उपस्थित सम्पूर्ण किरातीहरुले साकेन्वा सुम्निमा सिली टिप्दै त्यस साकेन्वालाई आफ्नो े आराध्य पूर्खाको प्रतीक मानी साकेन्वा पूजा गरियो । त्यसरी पुमा होङमाको साकेन्वा लुङको उत्पत्ति भयो । त्यही समयदेखि पुमा होङमाको किरातीहरुले आफ्नो आराध्य पूर्खाहरुको प्रतीक मानी दोङवाङा-दोङ्दापामा त्यस साकेन्वा लुङलाई पुज्दै साकेन्वा सेवा गर्दै आएका छन् । त्यसरी दोङवाङ-दोङदापामा किरातीहरुले पुमाहोङमाको साकेन्वालाई पूजा गर्दा दोलखाको किराती राजा बूडाहोङले आफ्नो सेतो हात्तीमा चढेर पुमा होङको साकेन्वा थानमा आई साकेन्वा लुङलाई थोक्दाउँथ्यो । तर बूडाहोङको मृत्युपछि ङापोङहरुले त्यस साकेन्वा लुङलाई थोक्दाउने किरात मुन्धुम सपनामा नपाएपछि पुमा होङमाको साकेन्वा लुङलाई धेरैवर्षसम्म थोक्दाइएन । तैपनि बूडाहोङको सेतो हात्ती दोङवाङा-दोङदापामा आफैँ आएर त्यो साकेन्वा लुङको वरिपरी सरसफाई गरी त्यस साकेन्वा लुङको हेरचाह गथ्र्यो । तर धेरैवर्षसम्म पनि त्यो साकेन्वा लुङलाई थोक्दाउने किरात मुन्धुम ङापोङहरुले सपनामा नपाएपछि सदाझैँ दोङवाङा-दोङदापामा आफैँ आएर पुमा होङमाको साकेन्वा लुङको वरिपरी सरसफाई गरी त्यस साकेन्वा लुङको हेरचाह गर्ने बूडाहोङको त्यो सेतो हात्तीले पुमा होङमाको साकेन्वा लुङलाई भाँच्नु खोज्यो तर भाँच्न सकेन । त्यसपपछि पुनः बूडाहाङको सेता हात्तीले त्यो साकेन्वा लुङलाई उखेल्न खोज्यो तर उखेलिएन बरु झन् जमिनमुनि पो भासिन थाल्यो । त्यसपछि बुडाहाङको त्यो सेतो हात्तीले ठेलेर त्यस साकेन्वा लुङलाई बाङ्गो पारिदियो । त्यो कुराले पुमाखोलाको सम्पूर्ण किरातीहरुमा हल्लीखल्ली मच्चियो । त्यहाँका सम्पूर्ण किरातीहरु पुमा होङमाको साकेन्वा लुङमा भेला भई सभा-सम्मेलन गर्यो । त्यो किरातीहरुको भेलाको निर्णयअनुसार त्यहाँको किरातीहरुले त्यो बूडाहोङको सेतो हात्तीले पुमा होङमाको साकेन्वा लुङलाई बाङ्गो पारिदिएकोले अब उप्रान्त ती किरातीहरुले त्यस साकेन्वा लुङलाई दोङवाङा-दोङदापामा आ-आफ्नै घरमा पूजा गर्ने निर्णय गरियो । त्यही समयदेखि पुमा होङमाको रोकोङहरुले आ-आफ्नै घरमा साकेन्वा दोङवाङा-दोङदापामा पूजा गर्न थालियो । हालसम्म यो चलन कायम नै छ । त्यस साकेन्वालाई फागु पनि भनिन्छ ।


Share/Bookmark

0 सुझाव:

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan