आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

दुबईको बुर्ज खलिफा र यसका रेकर्ड

दुबईको बुर्ज खलिफाका ढोकाहरु आधिकारिक रुपमा सन् २०१० जनवरी ४ मा खोलिएका थिए | प्रारम्भमा बुर्ज दुबईको नाम दिएपनि पछि दुबईका वर्तमान शासक सेख खलिफाको सम्मानमा यसको नाम बुर्ज खलिफा राखियो | निर्माणकार्यको ६ वर्षपछी यो संचालनमा आएको हो | यसको निर्माणकार्यको समाप्ति र संचालनसंगै यसले विश्वमा मानब निर्मित संरचनाका धेरै रेकर्ड राख्न सफल भएको छ | बुर्ज खलिफाका केहि विश्व रेकर्ड निम्नअनुसार छन् |
- यसको निर्माणमा 4.1 अरब डलर लगानी गरिएको थियो |
- हालसम्मकै अग्लो गगनचुम्बी टावर ८२८ मि (२७१७ फुट) यसअघिको रेकोर्ड १०१ तल्लाको ताइपेई ५०९.२ मि (१६७१ फुट) थियो | 
- हालसम्मकै अग्लो संरचना ८२८ मि यस अघि वारसा रेडियोको टावर ६४६.३८ मि | 
- हालसम्मकै अग्लो मुक्तरुपमा खडा गरिएको संरचना (एक्लै उविएको)
- हालसम्मकै सबैभन्दा बढी १६० तल्ला भएको भवन यसघि वोर्ल्ड ट्रेड सेन्टरका १ र २ भवन जसका ११० तल्लाहरु थिए |
- विश्व कै सबैभन्दा अग्लो लिफ्टको स्थापना गरिएको |
- विश्वको सबैभन्दा द्रुत गतिको ६४ कि.मि. प्रतिघन्टाको स्पीड भएको लिफ्ट जडान गरिएको |
- हालसम्म विश्वको  सबैभन्दा अग्लो कंक्रेट पम्पको ( एउटा भवनको लागि ६०६ मि, १९८८ फुट ) प्रयोग गरिएको |
-हालसम्म विश्वको सबैभन्दा अग्लो मानब निर्मित आवाससुबिधा सहितको इमारत |
- हालसम्म विश्वको सबैभन्दा धेरै बाहिरी दृश्य हेर्ने आउटडोर् डेक भएको इमारत  |
- हालसम्म विश्वको सबैभन्दा अग्लो स्थानमा मानब निर्मित मस्जिद १५८ औं तल्लामा  |
- हालसम्म विश्वको सबैभन्दा लामो दुरीको लिफ्ट जडान गरिएको टावर   |
- हालसम्म विश्वको सबैभन्दा अग्लो स्थानमा लिफ्ट सेवा भएको टावर   |
- हालसम्म विश्वको सबैभन्दा उचाईमा अलुमुनियम र शिसाको प्रयोग गरिएको टावर (५१२ मि. १६०८ फुट सम्म )  |


निर्माणकार्यका केहि विवरणहरु :- 
खुदाई जनवरी २००४  मा शुरू, माटो जम्मा गर्ने कार्य फरवरी २००४  मा  शुरू
superstructur मार्च २००५  मा  शुरू गरिएको थियो |
 ५०  तल्ला सम्मको संरचना  २००६
१००  तल्ला सम्मको संरचना जनवरी २००७
११० तल्लासम्मको संरचना  मार्च २००७
१२०  तल्लासम्मको संरचना अप्रैल २००७
१३० तल्लासम्मको संरचना  मई २००७
१४१ तल्लाको  लेवल (दुनियाको सबैभन्दा अग्लो भवन ) जुलाई २००७
१५० तल्लाको  लेवल (दुनियाको  सबैभन्दा अग्लो  मुक्तरुपमा खडा  संरचना) सितम्बर २००७
१६० तल्लाको लेवल (दुनियाको सबैभन्दा ठुलो र अग्लो मानब निर्मित संरचना ) अप्रैल, २००८
टावरको संरचनाको निर्माण तथा बाहिरी काम समाप्त २००९  जनवरी
बाहरी cladding २००९  सितम्बरमा  पूरा
टॉवरको उद्दघाटन ४  जनवरी २०१० मा भएको थियो |






बुर्ज खलिफाको भित्रि भागको दृश्य 


Share/Bookmark

0 सुझाव:

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan