आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

हामीले भुल्दै गएका संस्कार र संस्कृतिहरु



हिन्दू धर्मका संस्कारहरु
हिन्दू धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए । धार्मिक मात्र नभएर वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरु हाम्रो जीवनमा महत्वपूर्ण छन् । हिन्दू संस्कृतिको महानतामा यी संस्कारहरुको महत्वपूर्ण योगदान रहेको छ । प्राचिनकालमा हाम्रा प्रत्येक कार्यहरु संस्कारबाट आरम्भ हुने गर्दथे । उक्त समयमा संस्कारका संख्या पनि लगभग चालिस थिए । समयको बद्लिँदो परिस्थितिसँगै मानिसहरुमा व्यस्तता बढ्दै गयो जसले गर्दा हाम्रा केही संस्कारहरु स्वतः विलुप्त भए । यसप्रकार समय अनुसार संसोधित भएर संस्कारहरुको संख्या निर्धारण भए । गौतम स्मृतिमा चालिस प्रकारका संस्कारहरुको उल्लेख भएको पाइन्छ । महर्षी अंगिराले यिनको अन्तर्भाव पच्चिस संस्कारमा गर्नुभएको छ त्यस्तै व्यास स्मृतिमा सोह्र संस्कारको वर्णन गरीएको छ ।

हाम्रो धर्मशास्त्रमा पनि मुख्यरुपमा सोह्र संस्कारकै व्याख्या गरिएको छ । हिन्दू धर्ममा सबैभन्दा पहिलो गर्भाधान संस्कार र मृत्युपरान्त अन्त्येष्टि अन्तिम संस्कार हो । गर्भाधानपछि पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण आदी संस्कार नवजात शिशुको यस दैवी जगत्सँग सम्बन्ध स्थापनाका लागि गरीन्छ । नामांकरण संस्कारपछि चूडाकर्म संस्कार र यज्ञोपवीत संस्कार हुन्छ अनि त्यसपछि विवाह संस्कार गरीन्छ । विवाह संस्कार गृहस्थ जीवनको सर्वाधिक महत्वपूर्ण संस्कार हो । विवाहलाई हिन्दूधर्ममा स्त्री र पूरुष दुवैको लागि सवैभन्दा महत्वपूर्ण संस्कारको रुपमा लिईएको छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ । विभिन्न धार्मिक ग्रन्थ अनुसार संस्कारहरुको क्रम पनि भिन्न भिन्नरुपमा देखाइएको छ तर प्रचलित संस्कारका क्रमहरु यसप्रकार रहेका छन् ः गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार पनि भनिन्छ यिनीहरुमा पहिला तीन संस्कारहरु गर्भाधान, पुंसवन र सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई वहिर्गर्भ संस्कार भनिन्छ र गर्भ संस्कारलाई दोष मार्र्जन अथवा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार भनिन्छ । गुणाधान संस्कार दोषमार्जन गरिसकेपछि मानिसमा सप्तगुणको अभिवृद्धिकालागि गरिने संस्कार हो । हाम्रा पूर्वज तथा ऋषिमुनिहरुले हामीलाई सुसंस्कृत तथा समाजिक र नैतिकवान बनाउनका लागी अथक प्रयास तथा सोधको परिणाम स्वरुप यी संस्कारहरुको स्थापना गरेका थिए । यस्तै विविध संस्कारहरुका कारण हिन्दू धर्म र संस्कृति अद्धितीय छ । अहिलेको प्रविधिको चरम् विकास तथा मानिसहरुको व्यस्तताका कारण सनातन धर्मावलम्बीहरु अब यी संस्कारका मुल्यमान्यताहरुलाई भुल्दै गइरहेको पाइन्छ । यसैको फलस्वरुप मानिसहरुको चारित्रिक गिरावट, संवेदनहीनता, असामाजिकता, हिंसा र गुरुहरुको अवज्ञा, अनुशासनहीनता इत्यादी कुराहरुले हाम्रो समाजमा प्रश्रय पाइरहेका छन् । धेरै मानिसहरु आफ्नो कर्तव्यपथबाट विमुख भई निकृष्ट कृयाकलापतर्फ लागेको देखिन्छ । हो, समय अनुसार परिवर्तित हुनु आवश्यक छ तर हाम्रा ऋषिमुनीहरुद्वारा स्थापित मूलभूत सिद्धान्तहरुलाई नकार्न कहिलेपनि श्रेयष्कर हुँदैन । आदिकालदेखि चलिआएको परम्परा र मान्यतालाई पक्कै पनि कुल्चनु हुन्न । यी सबै संस्कारहरु सत्यता र वैज्ञानिक आधारले प्रमाण्ति छन् । अहिले पूर्वीय धर्मदर्शनलाई अध्ययन गरी पश्चिमी मुलुकका धेरै मानिसहरु यो धर्मसंस्कारलाई अंगाली रहेको तथ्य हामीसामू छर्लङ्ग छ तर हामी भने दैनिक टाढा–टाढा भईरहेका छौ । हाम्रा महान र मौलिक संस्कारहरुको परिचय निम्नानुसार रहेको छ ।

Read more...

आयुर्वेदको बारेमा जानकारी

आयुर्वेदको परिचय  :-
आयुर्वेद लगभग ५००० वर्ष पुरानो चिकित्सा विज्ञानसाथै आयुर्विज्ञानको प्राचिन पद्धति हो । यो आयुको वेद अर्थात् आयुको ज्ञान हो । जुन शास्त्रद्वारा आयुको ज्ञान दिईन्छ त्यसलाई आयुर्वेद भनिन्छ । शरीर, इन्द्रिय सत्व, अनि आत्माको संयोगलाई नै आयु भनिन्छ र आधुनिक शब्दमा यसैलाई जीवन भनिन्छ अनि प्राणयुक्त शरीरलाई जीवित भनिन्छ । जुन विद्याद्वारा आयुको बारेमा सबैप्रकारको तथ्यको ज्ञान हुनसक्छ वा जसको अनुसरण गर्दै दीर्घ आशुष्यको प्राप्ती हुनसक्छ त्यो तन्त्रलाई आयुर्वेद भनिन्छ । आयुर्वेद अथर्ववेदको उपवेद हो । आयुर्वेदले मानिस जीवित रहने विधि तथा यसको पूर्णविकासको उपायको बारेमा बताउँछ यसैले आयुर्वेद अन्य चिकित्सा पद्धतिजस्तो श्द्ध चिकित्सापद्धति मात्र होइन अपितु सम्पूर्ण आयुको ज्ञान हो । आयुर्वेदमा आयुको हित (पथ्य,आहार,विहार) अहित (हानिकार आहार विहार) रोगको निदान र व्याधिहरुको चिकित्सा गरिएको छ |  हित आहार, सेवन एवं अहित आहार त्याग गर्ने हो भने मान्छे पूर्णरुपमा स्वस्थ रहन सक्छ । आयुर्वेदका अनुसार स्वस्थ्य व्यक्ति नै जीवनको चरम लक्ष्य, धर्म, अर्थ, काम, मोक्ष प्राप्ति गर्न सक्छ । पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष प्राप्तीको मुख्य साधन शरीर होे अतः विषेशरुपले शरीरको रक्षा गर्नुपर्छ । आयुर्वेदको प्रसिद्ध ग्रंथ भाव प्रकाशमा भनिएको छ जुन शास्त्रद्वारा आयुको ज्ञान, हित र अहित आहार विहारको ज्ञान, रोगव्याधि निदान तथा शमनको ज्ञान प्राप्ती गरिन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।



Read more...

किरात पुमा राइहरुको धर्म, संस्कृति र चाल-चलन






१: किरात पुमा राई परिचय सार:
नेपालको पूर्वीपहाडी खोटाङ जिल्लाको दक्षिण भेगका चिसापानी दिब्लुङ मौवाबोटे पौवासेरा देविस्थान गा।वि।स। लगायत त्यस आसपासका गाउँहरुमा मुख्य बसोबास रहेका किरात पुमा राईहरुको आफ्नै पृथक भाषा संस्कार संस्कृति तथा अस्तित्व रहेको छ । किरात मुन्दुमअनुसार 'सुम्निमा-पारुहाङको सृष्टिकालमा सुम्निमा-पारुहाङको कोखबाट बाघ भालु र मान्छेको जन्म भयो । त्यस जन्मलाई सुम्निमाले पुमा सॄष्टि भनिन् । कालान्तरमा त्यहीं पुमाहरुको साखासन्तानलाई पुमा सृष्टि भन्दाभन्दै थर नै पुमा भएको हो ।२०५८ सालको नेपाल सरकारको तर्फबाट गरिएको जनसंखया गणना र मातृभाषा बोल्नेको संख्या जेजति तथ्यांकमा भए तापनि पुमा राईहरुको वास्तविक जनसंख्या दस हजारभन्दा माथि रहेको छ र छ हजारभन्दा बढीले आपुनो भाषा बोल्ने गर्छन् । त्यस भाषालाई रोकुङला÷रोकोङला भनिन्छ । यस जातिका महिला सामेतलाई नाम्घुङमा र पुरुष सामेतलाई नाम्घुङपा भनिन्छ । यसरी पुमा खोलामा बस्ने किरात पुमा राईहरुको दुई दाजुभाइ दिब्लुङ र पालुनको गरी मुख्य १४ पाछा रहेका छन् जुन यसप्रकारका छन्:

Read more...

किरात पुमा राइहरुको इतिहास






किरात राज्यको पतन भएपछि किरात मोङ तेन हाल काठमाडौं उपत्यकाको किरातीहरु कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिणतिर लाग्ो । तर किरातीहरुको किरात मोङलुङ किरातेश्वर शिला भने भविष्यमा पनि किरातीहरुले किरात मोङ् तेनमा पुनः राज्य साचालन गर्ने कुरा थाहा पाएपछि यही किरात मोङ तेनमा नै किरात मोङलुङ भएर बस्यो । त्यो कुरा त्यहाँको शासकहरुले राम्ररी थाहा पाएपछि त्यो किरात मोङलुङलाई किरात मोङ तेनका शासकको आदेशअनुसार चारैपट्टि ठूलो पर्खालको घेरा-बार लगाएर कडा सुरक्षा दिएर त्यस किरात मोङलुङको शक्ति पतन गराउनको लागि गैर किरातीहरुले बाख्रा काटेर त्यसको रगतको भोग िदंदै लपटपट गराउँदै राखियो । त्यहाँ किरातीहरुलाई पस्न पनि बन्देज लगाइयो । त्यो कुरा माझ किरातको एक ङापोङ किरातीले जोखानामा थाहा पायो । त्यो कुरा माझकिरातको किरातीहरुलाई ङापोङले बतायो । त्यसपछि माझ किरातको किरातीहरुले आपुनो किरात मोङलुङलाई पनि आपुनै भूमि माझ किरातमा नै लानको लागि धेरै प्रयत्न गर्यो ।

Read more...

मानिसको आँखा कति शक्तिशाली छ ?












हामीले हाम्रो शरीरलाइ ऐनामा नियालेर बाहिरी शरीर मात्र हेर्न सक्छौं | कसैले तिम्रो नाक एस्तो, आँखा उस्तो वा कान एस्तो भनेर बाहिरी शरीरको मात्र बर्णन गर्ने गरेको सुनिन्छ तर मानिसको शरीरमा भएका प्रत्येक अङ्ग भागहरु कति शक्तिशाली छन् भनेर हामीले कहिलेकाही सुन्छौं तर कमै मात्र संबेदनशील भएर सोच्छौं | आउनुहोस हाम्रो शरीरका अंगको शक्ति बारेमा केहि जानकारी पस्कने कोसिस गरेको छु |
आँखा मानिसको शारीरको महत्वपूर्ण अंग हो | मानिसको अनुहारको सुन्दरता आँखाले नै निर्धारण गरेको हुन्छ | यति मात्र नभएर यो संसारलाई देखने, अनुभव  गर्ने मानिसको मस्तिस्कसम्म सन्देश पुर्याउने काम पानी आँखाको नै हो | हामी आँखा नभएको परिकल्पना मात्र गर्दा पनी डरले पानी पानी हुन्छौं | मान्छेको आँखामा भएको शक्ति र बिशेषताको हामी धेरै चर्चा सुन्छौं | अब यंहा आँखा सम्बन्धी केहि यथार्थ जानौं  |

Read more...

बुर्ज खलिफाको तस्बिर तथ्यहरु -२

ठुलो पारेर पढ्नको लागि तस्बिर मा नै क्लिक गर्नुहोस् | 

Read more...

दुबईको बुर्ज खलिफा र यसका रेकर्ड

दुबईको बुर्ज खलिफाका ढोकाहरु आधिकारिक रुपमा सन् २०१० जनवरी ४ मा खोलिएका थिए | प्रारम्भमा बुर्ज दुबईको नाम दिएपनि पछि दुबईका वर्तमान शासक सेख खलिफाको सम्मानमा यसको नाम बुर्ज खलिफा राखियो | निर्माणकार्यको ६ वर्षपछी यो संचालनमा आएको हो | यसको निर्माणकार्यको समाप्ति र संचालनसंगै यसले विश्वमा मानब निर्मित संरचनाका धेरै रेकर्ड राख्न सफल भएको छ | बुर्ज खलिफाका केहि विश्व रेकर्ड निम्नअनुसार छन् |

Read more...
 

©2009 समावर्तन | Template Setting by Samawartan