आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ


वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ 

हाम्रो दैनिक जीवनमा वास्तुको सकारात्मक वा नकारात्मक असर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा परिरहेको हुन्छ । मेहनत अनुसारको उन्नति प्रगती हुन नसक्नु, घर घरायसी सम्बन्धमा चिसोपना उत्पन्न हुनु, मानसिक चिन्ता, दीर्घरोग आदिको संक्रमणवाट लामो समयसम्म पीडित हुनु र छुटकारा पाउन नसक्नु साथै जीवनका अन्य विविध पाटाहरुमा समेत यसको प्रभाव रहेको हुन्छ । ब्रम्हाण्डमा रहेका दिशा, चुम्बकीय ध्रुव, विद्युतीय तरङ्ग, कस्मिक इनर्जी, हावाको वहाव, सूर्यको किरणजस्ता सर्वमान्य र दैनिक मानव जीवनमा प्रभावपार्ने तत्वहरुको गलत संयोजन भएमा हाम्रो जीवन नराम्रोसँग प्रभावित हुन्छ । यी तत्वहरुको सही संयोजन मिलाउन वास्तुशास्त्र र ज्योतीषशास्त्रको अध्ययन हुनु आवश्यक छ । यी शास्त्रहरुलाई विज्ञानले समेत मान्यता दिएको छ र प्रसस्त वैज्ञानिक कारणहरु, पुष्टिहरु र प्रमाणहरु रहेकाछन् । वास्तुको गलत प्रभाव रहेमा हामी आफैँले पनि समान्यरुपमा वास्तु अनुसार आफ्नो घर, अफिस, कारखाना वा उद्योगधन्दामा मेशीनरी सामान, फर्निचर इत्यादी उचित ठाउँमा छन कि छैनन् भनि अनुससन्धान गर्न सकिन्छ र यदी कुनै संरचनामा वास्तुदोष भए दोषमुक्त हुने उपाय समेत अवलम्वन गर्न सकिन्छ । अस्थायी वा स्थायीरुपमा गलत स्थानमा गरिएका निर्माण र त्यहाँ राखिएका वस्तुहरुबाट उत्पन्न हुने दोष मानव जीवनमा उत्तिकै प्रभावकारी हुन्छ । वास्तुशास्त्रमा आठवटा दिशाहरुको वर्णन पाइन्छ र यी आठै वटा दिशाहरु विषेशरुपले महत्वपूर्ण छन् । प्रत्येक दिशाको आफ्नो स्वामी हुन्छ र स्वामीअनुसार हामी गृहप्रयुक्त वस्तुहरु उचित दिशामा राख्ने गरीन्छ ।

Read more...

गृह निर्माण एवं मार्गरेखा शास्त्र : वास्तुशास्त्र


गृह निर्माण एवं मार्गरेखा शास्त्र : वास्तुशास्त्र
वास्तुशास्त्र प्राचिनकालदेखि गृह निर्माणको मार्गरेखक बन्दै आएको छ । वास्तुशास्त्रलाई  घर गृहस्थीमा शान्ति, सद्भाव, उन्नति, प्रगती र कार्यालयमा शुन्दरता एवं पवित्र कला ल्याउने विज्ञान पनि भनिन्छ । वास्तु केवल पढ्ने–लेख्ने शास्त्रमात्र नभई यथेष्ट प्रमाणित वैज्ञानिक आधार र गृहनिर्माणमा महत्वूर्ण भूमिका राख्ने शास्त्र पनि हो । वास्तुशास्त्रलाई आधारमानी निर्माण शुभारम्भ गरेमा हाम्रो स्वास्थ्य, अधिकतम् क्षमता, कम तनाव, सुख–शान्ति, र आय आम्दानीका साथै पर्यावरणीय सन्तुलन समेत सहीरुपमा कायम रहन्छ ।

Read more...
 

©2009 समावर्तन | Template Setting by Samawartan