मानिसको आँखा कति शक्तिशाली छ ?
हामीले हाम्रो शरीरलाइ ऐनामा नियालेर बाहिरी शरीर मात्र हेर्न सक्छौं | कसैले तिम्रो नाक एस्तो, आँखा उस्तो वा कान एस्तो भनेर बाहिरी शरीरको मात्र बर्णन गर्ने गरेको सुनिन्छ तर मानिसको शरीरमा भएका प्रत्येक अङ्ग र भागहरु कति शक्तिशाली छन् भनेर हामीले कहिलेकाही सुन्छौं तर कमै मात्र संबेदनशील भएर सोच्छौं | आउनुहोस हाम्रो शरीरका अंगको शक्ति बारेमा केहि जानकारी पस्कने कोसिस गरेको छु |
आँखा मानिसको शारीरको महत्वपूर्ण अंग हो | मानिसको अनुहारको सुन्दरता आँखाले नै निर्धारण गरेको हुन्छ | यति मात्र नभएर यो संसारलाई देखने, अनुभव गर्ने र मानिसको मस्तिस्कसम्म सन्देश पुर्याउने काम पानी आँखाको नै हो | हामी आँखा नभएको परिकल्पना मात्र गर्दा पनी डरले पानी पानी हुन्छौं | मान्छेको आँखामा भएको शक्ति र बिशेषताको हामी धेरै चर्चा सुन्छौं | अब यंहा आँखा सम्बन्धी केहि यथार्थ जानौं |
- हामी आवश्यकता नपरे सम्म आँखामा केहि पनि राख्दैनौ | डाक्टरको सल्लाह बमोजिम आँखामा लगाउने आइड्रोप वा गाउँ घर तिर आँखामा कसिंगर पर्दा आमाको दुध मात्र आँखामा राख्ने गरिन्छ | जब आँखामा केहि चिज पर्न खोज्छ हाम्रो आँखाको
बाहिर रहेको आवरण आफैँ बन्ध हुन्छ र आइबललाइ बचाउँछ |
- आँखा झिम्क्यौनाले आँखामा भएको फोहोर आँसुको सहायता ले साफ गर्ने काम हुन्छ जुन हामीले नचाहदा नचाहदै आफैँ भैरहेको हुन्छ | कुनै बस्तु आँखाको वरिपरी अथवा आखालाई असर पुग्ने गरि आयो भनेपनि हम्रो आँखा आफैँ झिम्किन्छ |
-आँखाको आइरिस सम्बन्धि आध्ययनलाइ आइरिदोलजी भनिन्छ |
- पहिला शार्कको कोर्निया शल्यचिकित्षामा प्रयोग गरियो किन कि शार्कको कोर्निया र मान्छेको आँखाको कोर्निया उस्तै हुन्छ |
- अमेरिकामा बयस्क मान्छे अन्धो हुने मुख्य कारण मधुमेह हो |
- मान्छेको आँखाको आइबलको तौल झन्डै २८ ग्राम हुन्छ |
- मानब आँखाले ५०० किसिमका ग्रे शेड रङ् छुट्यौना सक्छ |
- आँखाको कोर्निया एक त्यस्तो जीवित तन्तु हो जसमा कुनै पनि रक्त बाहिनी नली हुँदैन |
- कंजाक्तिवा त्यस्तो एक झिल्ली हो जसले आँखालाई ढाक्ने काम गर्छ |
- मानिसले कागजमा लेखेको तुलनामा कम्प्युटरको स्क्रीनमा लेखेको कुरा झन्डै २५% ढिलो पढ्छ |
- महिलाको तुलनामा पुरुषले प्रिन्ट राम्रोसंग पढ्न सक्छ |
- अमेरिकाका झन्डै २५००० आँखामा चोट लागेका व्यक्तिहरु पुरै अन्धा भएका थिए |
- भर्खरै जन्मेका शिशुहरु रंगका अंधा हुन्छन |
- जबसम्म शिशु ६ देखि ८ हप्ताको हुँदैन तबसम्म उसको आँखामा आँसु उत्पादन हुँदैन |
- जब कुनै व्यक्ति रुन्छ उसको नाक बग्न (पानि वा पातलो सिंगान आउनु ) थाल्छ कारण आँखाबाट आउने आँसुको नली नाक मार्फत हुन्छ |
- आँखा बन्द नगरी हाछयूं गर्न असम्भब हुन्छ |
- हाम्रो आँखाको पछाडी भित्तामा रहेको भागलाई रेटिना भनिन्छ | रेटिनामा भएका सेल रड र कोन्स भनिन्छ | यिनै रड र कोन्सको सहायताले हामि रंग र प्रकाश देक्छौँ |
- आइरिसको रंगले हाम्रो आँखाको रंग खैरो, कालो, निलो कस्तो हो निर्धारण गर्छ |
- हाछयूंको उचतम गति १६५ कि. मि प्रति घण्टा रेकोर्ड गरिएको थियो |
- आँखाको आइब्रोहरुको बीच को ज्ञाप लाइ ग्लाबेल्ला भनिन्छ |
- हाम्रो आँखा एक बर्षमा लगभग १००००००० पटक झिम्किन्छ |
0 सुझाव:
Post a Comment